भीम रावलको आरोपबारे एमालेले भन्यो : प्रचण्ड-बाबुराम र रविले दिने गालीकै निरन्तरता « Khabarhub

भीम रावलको आरोपबारे एमालेले भन्यो : प्रचण्ड-बाबुराम र रविले दिने गालीकै निरन्तरता


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा एमालेले पार्टीबाट निकालिएका पू्वउपाध्यक्ष डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दै लगाएका आरोपलाई गालीको संज्ञा दिएको छ ।

बिहीबार बसेको पार्टी केन्द्रीय सचिवालयको ४३ औँ बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले रावलले लगाएका आरोपलाई गालीगलौजको संज्ञा दिएका हुन् ।

‘भीम रावलजीबारे हामीले छलफल गरेनौँ । तर उहाँले ३१ पृष्ठ लामो लिखित दस्तावेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन्’, उनले भने, ‘२०७७ साल कात्तिकमा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै भाषामा प्रधानमन्त्री केपी ओलीबारे १९ पृष्ठसहितको आरोप लगाएका थिए । अहिले भीम रावलले तिनै कुरालाई कपी पेस्टसहितको आरोप लगाएका हाम्रो निष्कर्ष हो ।’

उनले गालीगलौजले देश नबन्ने पनि बताए । ज्ञवालीले शान्ति प्रक्रियामा आएपछि माओवादी अध्यक्ष प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईले यसैगरी पुराना भनिने दलहरूलाई गालीगलौज गर्ने गरेको स्मरण गराए ।

‘गालीगलौजले देश बन्ने भए, एक जमाना थियो डा. बाबुराम भट्टराई र प्रचण्डहरू देशका अन्य शक्तिलाई यो भन्दा चर्को गाली गर्थे’, उनले भने, ‘अहिले पनि रविजीहरू आएर गालीगलौज गरिररहनु भएको छ । रावलजीले ३१ पृष्ठमध्ये साढे ३० पृष्ठमा गालीगलौज र बाँकी आधाजतिमा आफ्ना योजना राख्नु भएको रहेछ । त्यहीकारण पनि उहाँको पार्टी सदस्यता नरहने निष्कर्षमा एमाले पुगेको हुनुपर्छ ।’

उपमहासचिव ज्ञवालीले बुधबार पत्रकार सम्मेलनमार्फत रावलले उठाएका प्रतिननिधिसभा विघटन, नेकपा विभाजनसहितका कुरालाई २०७९ को निर्वाचनबाटै खण्डन गरिसकेको बताए ।

‘त्यसबेला नै चुनावमा गठबन्धन गरेर एमाले र एमालेका अध्यक्ष मुख्य समस्या भन्दै सात दल गएका थिए । प्रतिनिधिसभा विघटनसहितका कुरा उठाउँदा पनि एमालेको पहिलो रोजाइको दल एमाले बन्यो’, उनले भने, ‘जनस्तरमा खण्डन भइसकेका कुरा उठाएर गालीगलौज गर्नुको अब अर्थ छैन ।’

उनले अब कुनै पनि दल र नेताहरू गालीगलौज गरेर जान नहुने बताए । ‘अब कम्तीमा एमाले चाहिँ गालीगलौजको प्रतिस्पर्धामा जाँदैन’, उनले अगाडि भने ।

ज्ञवालीले सरकारलाई गति दिन संविधान संशोधन, सात बुँदे सहमति कार्यान्वयन, अपूरा विधेयक टुंग्याउने र नयाँ कानुन ल्याउने विषय तथा अर्थतन्त्रलाई उकास्ने गरी अलग अलग संरचना बनाएर काम भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ३ : ३७ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र