सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी « Khabarhub

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, ‘गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स शहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।’

सानाका अनुसार ती निशानामा आफ्ना हातहतियार हस्तान्तरण गर्न इन्कार गरेका र बस्ती केन्द्रहरूमा जान इन्कार गरेका’ र ’गोलाबारुद र हतियारहरू पनि लुकाएका’ युद्ध अपराधमा संलग्न व्यक्ति रहेका छन् ।

सानाले पछि एक सैन्य अधिकारीलाई उद्धृत गर्दै असदको लडाकूका अवशेष अझै पनि होम्सको विभिन्न भागहरूमा रहेका उल्लेख गरेको छ । 

इस्लामवादी नेतृत्वको विद्रोहीले गत महिना असदलाई सत्ताच्युत गरेपछि सङ्क्रमणकालीन सरकारले पूर्व सैनिकको नाम दर्ता गर्दै उनीहरूलाई हतियार त्याग्न आग्रह गर्दै आएको छ ।

‘अधिकारीहरूले होम्समा ‘आफ्नो मामिला सुल्झाउन र हतियार हस्तान्तरण गर्न इन्कार गर्नेहरूको खोजी गर्न’ सेना र ‘बख्तरबन्द बलहरू’ पठाएका छन्’ सानाले समाचारमा जनाएको छ । उनीहरूले शहरका केही भागमा कर्फ्यु पनि लगाएका छन् ।

‘गृह मन्त्रालयले वादी अल–धाहाब र अक्रामाका आसपासका बासिन्दाहरूलाई सडकमा ननिस्कन, घरमा बस्न र सरकारी सेनालाई पूर्ण सहयोग गर्न आह्वान गरेको छ,’ सिरियाली समाचार संस्था सानाले जनाएको छ । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : २८ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

आज २०८३ साल जेठ १० गते आइतबारको राशिफल

काठमाडौँ – आज २०८३ साल जेठ १० गते आइतबार। अधिक

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड