सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी « Khabarhub

सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बशर अल असदको अलावी अल्पसङ्ख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स शहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।

एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, ‘गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स शहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।’

सानाका अनुसार ती निशानामा आफ्ना हातहतियार हस्तान्तरण गर्न इन्कार गरेका र बस्ती केन्द्रहरूमा जान इन्कार गरेका’ र ’गोलाबारुद र हतियारहरू पनि लुकाएका’ युद्ध अपराधमा संलग्न व्यक्ति रहेका छन् ।

सानाले पछि एक सैन्य अधिकारीलाई उद्धृत गर्दै असदको लडाकूका अवशेष अझै पनि होम्सको विभिन्न भागहरूमा रहेका उल्लेख गरेको छ । 

इस्लामवादी नेतृत्वको विद्रोहीले गत महिना असदलाई सत्ताच्युत गरेपछि सङ्क्रमणकालीन सरकारले पूर्व सैनिकको नाम दर्ता गर्दै उनीहरूलाई हतियार त्याग्न आग्रह गर्दै आएको छ ।

‘अधिकारीहरूले होम्समा ‘आफ्नो मामिला सुल्झाउन र हतियार हस्तान्तरण गर्न इन्कार गर्नेहरूको खोजी गर्न’ सेना र ‘बख्तरबन्द बलहरू’ पठाएका छन्’ सानाले समाचारमा जनाएको छ । उनीहरूले शहरका केही भागमा कर्फ्यु पनि लगाएका छन् ।

‘गृह मन्त्रालयले वादी अल–धाहाब र अक्रामाका आसपासका बासिन्दाहरूलाई सडकमा ननिस्कन, घरमा बस्न र सरकारी सेनालाई पूर्ण सहयोग गर्न आह्वान गरेको छ,’ सिरियाली समाचार संस्था सानाले जनाएको छ । 

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  ७ : २८ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा