अर्थसंक्षेप : बिमा प्राधिकरणका तत्कालीन अध्यक्षलाई सफाइ, नेप्सेमा ७५ अंकको उछाल | Khabarhub Khabarhub

अर्थसंक्षेप : बिमा प्राधिकरणका तत्कालीन अध्यक्षलाई सफाइ, नेप्सेमा ७५ अंकको उछाल


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

ओझा बिमा प्राधिकरणको अध्यक्ष भएको ६ दिन नबित्दै भ्रष्टाचार मुद्दामा सिलवाललाई सफाइ

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाले नियुक्ति लिएको ६ दिनपछि तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सिलवालविरुद्धको आरोप पुष्टि हुन नसक्ने फैसला आइतबार दिएको हो ।

‘नेपालको बैंकिङ क्षेत्र बिरामी हुने गरी बिग्रिएको छैन, डराउन पर्दैन’

नेपालको अर्थतन्त्र र बैंकको अवस्था बजारमा सुनिएजस्तो डराउनुपर्ने नरहेको वित्तीय क्षेत्रका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा शनिबार ‘के छ बैंकको हालखबर ?’ सत्रका वक्ताले नेपालको बैंकिङ क्षेत्रको अवस्था चिन्ता लिनुपर्ने नरहेको बताएका हुन् ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बैंकको अवस्था बजारमा सुनिएजस्तो गम्भीर नरहेको बताए ।

३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

साताको पहिलो दिन बजारमा ७५ अंकको उछाल, नेप्से २९ सय बिन्दुनजिक

कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) एकैदिन ७५.२४ अंकको वृद्धि भएको छ । यससँगै सूचक २८९०.२८ बिन्दुमा पुगेको छ ।

आज ३०२ कम्पनीका १४ अर्ब २५ करोड ४ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरका दुई करोड ९१ लाख ६६ हजार ६५६ कित्ता शेयर एक लाख ३९ हजार ५९६ पटकमा खरिद बिक्री भएका हुन् ।

प्रभु बैंकको दार्चुला शाखा आजदेखि सञ्चालनमा

तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा खण्डमा तीन वर्षदेखि यात्रुले सास्ती व्यहोर्दै आएका छन् ।

विसं २०७९ चैतमा सडक विस्तारको सुरु भएदेखि हालसम्म उक्त चार किलोमिटर खण्डमा सम्झौता अनुसारको काम नहुँदा यात्रुले धुलो र हिलोमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको हो ।

पम्प स्टोरेज जलविद्युत आयोजना निर्माण विद्युत् प्राधिकरणको प्राथमिकतामा

नेपाल विद्युत् प्राधिकरणले दैनिक विभिन्न समयमा हुने विद्युत् माग उतारचढाव र देशको ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज जलविद्युत आयोजना निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाउने भएको छ ।

प्राधिकरणअन्तर्गतको आयोजना विकास विभागले देशभरी १५६ वटा पम्प स्टोरेज आयोजनाहरूको पहिचान गरेको थियो ।

त्यसमध्ये, ४२ हजार मेगावाटका ३३ वटा आयोजनाहरू छनोट र स्तरीकरण गरिएको छ । रुकुम (पश्चिम)स्थित स्यार्पु तालमा ३३२ मेगावाटको पम्प स्टोरेज आयोजनाको सर्वेक्षण अनुमतिपत्र लिई सम्भाव्यता अध्ययन भइरहेको छ ।

राष्ट्रियसभा : सहकारीपीडितका समस्या चाँडो समाधान गर्न माग

युएसएआईडीको कार्यक्रम स्थगित भएपछि गैँडा गणना अन्योलमा

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ०१ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता