रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण « Khabarhub

रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार भएको बताए । युक्रेनले आइतबार प्रहार गरेको यो प्रविधि निर्माण गर्न १८ महिना लागेको बताइएको छ ।

रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ। युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ।

युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो। टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ।
सन् २०१४ मा नै लिएको क्रिमियासहित रुसले युक्रेनको २० प्रतिशत भू–भागमा कब्जा जमाएको छ।

राष्ट्रपति जेलेन्सकीले आइतबारको आक्रमण पछि आफ्नो सुरक्षा संयन्त्रलाई बधाई दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन्।

यस अपरेसनमा सरिक सबै जना रुसबाट फर्किएको पनि जेलेन्स्कीले बताएका छन्। युक्रेनले प्रयोग गरेको सबै ड्रोनमा फरक पाइलट थिए। युक्रेनले रुसको सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नास गरेको दाबी गरेको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ४८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको