रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण « Khabarhub

रुसविरुद्ध युक्रेनले गर्‍यो अहिलेसम्मकै ठुलो ड्रोन आक्रमण


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनले रुसविरुद्धको लडाइँमा अहिलेसम्मकै सबै भन्दा लामो दुरीको हमला गरेको छ । युक्रेनले चार सैन्य आधारमा रहेका ४० रुसी युद्ध विमान माथि लक्षित गर्दै लगातार ड्रोन आक्रमण गरेको हो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए अनुसार ३४ प्रतिशत रुसी रणनीतिक मिसाइल बोक्ने स्थानमा स्पाइडर वेब भनिने सुरक्षा संयन्त्रको प्रयोग गर्दै ११७ वटा ड्रोन प्रहार भएको बताए । युक्रेनले आइतबार प्रहार गरेको यो प्रविधि निर्माण गर्न १८ महिना लागेको बताइएको छ ।

रुसले ५ क्षेत्रमा युक्रेनले आक्रमण गरेको बताउँदै यसलाई आतङ्ककारी गतिविधि भनेको छ। युक्रेनका अधिकारीले आफ्नो भूमिमा पनि लगातार आक्रमण भइरहेको जनाएको छ।

युक्रेन र रुसका बीचमा शान्ति वार्ताको तयारी भइरहेको समयमा यो आक्रमण भएको हो। टर्कीको इस्तानबुलमा सोमबार रुस र युक्रेनका बीचमा दोस्रो चरणको वार्ता हुने जनाइएको छ।
सन् २०१४ मा नै लिएको क्रिमियासहित रुसले युक्रेनको २० प्रतिशत भू–भागमा कब्जा जमाएको छ।

राष्ट्रपति जेलेन्सकीले आइतबारको आक्रमण पछि आफ्नो सुरक्षा संयन्त्रलाई बधाई दिँदै आफ्नो क्षमता प्रदर्शन गरेको उल्लेख गरेका छन्।

यस अपरेसनमा सरिक सबै जना रुसबाट फर्किएको पनि जेलेन्स्कीले बताएका छन्। युक्रेनले प्रयोग गरेको सबै ड्रोनमा फरक पाइलट थिए। युक्रेनले रुसको सात अर्ब अमेरिकी डलर बराबरको रक्षा उपकरण नास गरेको दाबी गरेको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै