कैलालीमा काठको गोठमा आगो लाग्दा वृद्धको मृत्यु « Khabarhub

कैलालीमा काठको गोठमा आगो लाग्दा वृद्धको मृत्यु


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको गौरीगङ्गा नगरपालिका–१० जवलपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।

आइतबार राति अनिल चौधरीको दुई तले काठको गोठमा आगलागी हुँदा गोठको माथिल्लो तल्लामा सुतिरहेका उनका ७२ वर्षीय बुबा कुक्रु डगौरा थारूको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

आगलागीको सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आगो निभाएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

आगलागीबाट चौधरीको गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ११ : ४७ बजे

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल

पदाधिकारीमा सहमति जुटिसकेको थियो, आकांक्षी बढेपछि निर्वाचनमा गयौँ : मीन विश्वकर्मा

काठमाडाैं – कांग्रेस नेता मीन विश्वकर्मा सुरुमा महामन्त्रीका दाबेदार थिए