मनाइयो दरबार हत्याको २४औँ स्मृति दिवस « Khabarhub

मनाइयो दरबार हत्याको २४औँ स्मृति दिवस


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको हत्या भएको  २४औँ स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

यस अवसरमा स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सोमबार जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।

विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोजको कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्यको हत्या भएको थियो ।

सो घटनामा तत्कालीन युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिएको थियो । दीपेन्द्र पनि अस्पतालमा अर्ध मूच्र्छित अवस्थामा उपचाररत रहेपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायवी घोषणा गरिएको थियो ।

दरबार हत्याकाण्डमा तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट रहेको दुई सदस्यीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको थियो । 

छानबिन समितिले दीपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन  बुझाएको थियो ।राजा वीरेन्द्रको  वंश नाश भएको  सम्झनामा प्रत्येक वर्ष जेठ १९ गते विशेष कार्यक्रम गरी स्मरण गरिँदै आएको छ ।  

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : २० बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन