प्रधानमन्त्रीको टिप्पणी- राजसंस्थाको वकालत  गर्नेहरूको मानसिकता देखेर दया लाग्छ | Khabarhub Khabarhub

प्रधानमन्त्रीको टिप्पणी- राजसंस्थाको वकालत  गर्नेहरूको मानसिकता देखेर दया लाग्छ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्थाको वकालत गरिरहेका दल र समूहको मानसिकता दरिद्रता देखेर विचित्र लागेको टिप्पणी गरेका छन् । 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको संसदीय दलको बैठक सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूको मानसिकता दरिद्रता देखेर विचित्र लागेको टिप्पणी गरेका हुन् । 

‘आजको समयमा नागरिक सर्वोच्चता हुनुहुँदैन भन्नु, व्यक्तिगत सर्वोच्चतामा देश चल्नुपर्छ भन्नु, ६८ लाख परिवार छन् नेपालमा, त्यसमध्ये एउटा परिवारले सबैमाथि शासन गर्न पाउनुपर्छ भन्ने मानसिक दरिद्रता देखेर पनि विचित्रै लाग्छ,’ ओलीले भने, ‘कस्तो मानसिकता होला ? तिनको चेतनाको स्तर देख्दा दया लागेर आउँछ । साँच्चै दया लाग्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : २० बजे

गृहको निर्णय सच्याउन बारको माग

काठमाडौं– नेपाल बार एसोसिएसनले गृह मन्त्रालयले यही असोज ९ गते

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार