सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ « Khabarhub

सस्तोदरमा अमेरिकी डलर साट्ने भन्दै ठगी, समातिए ३९ वर्षीय तामाङ


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसहरुलाई फोन सम्पर्क गरी हामीसँग सस्तोदरमा अमेरिकन डलर छ मिलाई दिन्छौ भनी प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुर चाँगुनारायण बस्ने ३९ वर्षीय तारा बहादुर तामाङ रहेका छन् । 

तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका-३ ढोडेनीस्थित विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ, हामी मिलाई दिन्छौ भनी प्रलोभन देखाई डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली ३० लाख रुपैयाँ ठगी गरी फरार रहेको आरोपमा  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।

उनीमाथि  थप अनुसन्धान एंव आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ०४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले