कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन « Khabarhub

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् । 

किसान विद्रोहका नेता भीमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए । 

अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो । 

पुनले माओवादी नेताहरूले व्यवस्था परिवर्तनका लागि भएको १०औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै पुनले कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरुले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । 

नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे ।

 ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावरणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं ।  हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरू छौं । जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरूका सपनाको जिम्मा लिनुपर्छ । यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन’, पुनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ । हामी अरु पार्टीका नेताहरुजस्तो हिंड्छु भनेर हिंड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिन भनेर गर्न नपाउने ठाउँमा छैनौँ । किनकी हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरू हौं ।’ 

उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए । पुनले अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण र फ्रेन्डली वातावरणमा नभए त्यसले रूपान्तरणमा  सहयोग नगर्ने बताए ।

सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरुले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्ता पङ्क्तिलाई आग्रह गरे । 

‘कसैले पनि हाम्रो त्याग, तपश्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टी बाहिरबाट नहोस् । त्यस प्रकारका प्रवृत्तिप्रति सर्ब सतर्क हुन जरुरी छ’, उनले भने । 

यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे । पुनले प्रचण्ड युगले जन्माएको नेता भएको बताउन हिच्किचाउन जरुरी नरहेको बताए । अनौपचारिक रुपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशिता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रुपमा भने स्वीकार्न नगर्ने अवस्था रहेको उल्लेख गरे । 

‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो । काँग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन् तर, भोलि इतिहासले यो कुरा साबित गर्नेछ’, पुनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकार सम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरु धेरै छन् । राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्वीकार्छन् । यो उपलब्धीको फाइदा खान पनि तयार छन् । तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकी यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ ।’ 

फरक प्रसंगमा पुनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ४१ बजे

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टै सञ्चालन गर्न निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले वीरगञ्ज सुक्खा बन्दरगाह

जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौँ : मन्त्री रावल

नारायणगढ – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

एनपीएल : चितवनसँग हार्‍यो विराटनगर (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी