कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन « Khabarhub

कोही पनि माओवादी नेता दायाँबायाँ गरेर भाग्न पाउँदैनन् : वर्षमान पुन


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि जारी स्थायी समिति बैठकमा जनवादी ढंगले छलफल चलिरहेको बताएका छन् । 

किसान विद्रोहका नेता भीमदत्त पन्तको ३२ औं स्मृति दिवसका अवसरका पार्टी सम्वद्ध किसान संगठनले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले बैठकले पार्टीलाई एकताबद्ध गरेर जाने बताए । 

अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वबारे सार्वजनिक रुपमा दिएका अभिव्यक्तिलाई लिएर माओवादी स्थायी समितिमा छलफल भइरहेका बेला पुनको यो भनाइ आएको हो । 

पुनले माओवादी नेताहरूले व्यवस्था परिवर्तनका लागि भएको १०औं हजारको बलिदान, लाखौं योद्धा र जनताको त्याग तथा समर्पणको जिम्मा लिनुपर्ने भन्दै पुनले कोही पनि भाग्न नपाउने उल्लेख गरे । युद्धमा बाँचेकाहरुले इतिहासको जिम्मेवारी लिनुपर्ने उनको भनाइ थियो । 

नेताहरूलाई जति रिस उठे पनि दायाँबायाँ गर्न र भाग्न नपाउने भन्दै पुनले इतिहासको जिम्मेवारी नलिने व्यक्ति नेता हुन नसक्ने तर्क गरे ।

 ‘पार्टी स्थायी समितिको बैठक चलिरहेको छ । हामी मर्यादित र जनवादी वातावरणमा छलफल गर्छौं । पार्टीलाई एकताबद्ध गर्ने कोसिस गर्छौं ।  हामी आन्दोलनबाट आएका जिम्मेवार नेताहरू छौं । जति रिस उठे पनि दायाँबायाँ अघिपछि जे गरे पनि हामी बाँचेकाहरुले आन्दोलनमा भएको त्याग, बलिदान, समर्पण र सबै योद्धाहरूका सपनाको जिम्मा लिनुपर्छ । यसभन्दा दायाँबायाँ गर्न कसैले पनि पाउँदैन’, पुनले भने, ‘मुलुकप्रति, परिवर्तनप्रति, जनताप्रति र इतिहासप्रति हाम्रो दायित्व छ । हामी अरु पार्टीका नेताहरुजस्तो हिंड्छु भनेर हिंड्न पाउने, बोल्छु भनेर बोल्न पाउने र गर्दिन भनेर गर्न नपाउने ठाउँमा छैनौँ । किनकी हामी व्यवस्था बदल्ने संघर्षबाट आएका नेताहरू हौं ।’ 

उनले जारी बैठकले पार्टीलाई एकताबद्ध गरेर विधिसम्मत ढंगले अघि बढाउने बताए । पुनले अध्यक्षसहित नेताहरू कमजोरी र आलोचनाभन्दा माथि नभए पनि आलोचना मैत्रीपूर्ण र फ्रेन्डली वातावरणमा नभए त्यसले रूपान्तरणमा  सहयोग नगर्ने बताए ।

सत्तासीन दल र माओवादीका दुश्मन शक्तिहरुले टुटफुट र विभाजनमा लैजान कोसिस गर्न सक्नेतर्फ सचेत हुन पार्टी नेतृत्व र कार्यकर्ता पङ्क्तिलाई आग्रह गरे । 

‘कसैले पनि हाम्रो त्याग, तपश्या र समर्पणप्रति चलखेल नगरोस् । पार्टीलाई कमजोर पार्ने प्रवृत्ति पार्टी बाहिरबाट नहोस् । त्यस प्रकारका प्रवृत्तिप्रति सर्ब सतर्क हुन जरुरी छ’, उनले भने । 

यस्तै उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड युगनायक भएको दाबी गरे । पुनले प्रचण्ड युगले जन्माएको नेता भएको बताउन हिच्किचाउन जरुरी नरहेको बताए । अनौपचारिक रुपमा विरोधी पार्टीका नेता र समाजले गणतन्त्र स्थापना र समावेशिता प्रचण्ड र माओवादीको नेतृत्वमा आएको स्वीकार गर्ने गरे पनि वर्गीय स्वार्थका कारण सार्वजनिक रुपमा भने स्वीकार्न नगर्ने अवस्था रहेको उल्लेख गरे । 

‘३ सय वर्ष पुरानो इतिहास भएको सामन्ती राजतन्त्र अन्त्य गर्ने युगान्तकारी आन्दोलनको नेतृत्व गर्नुभएको हाम्रो अध्यक्ष कमरेड प्रचण्ड युग परिवर्तनको नायक हो । काँग्रेस–एमालेजस्ता दलका नेता वर्गीय स्वार्थ र भोटको राजनीतिले गर्दा यो सत्य भन्न सक्दैनन् तर, भोलि इतिहासले यो कुरा साबित गर्नेछ’, पुनले भने, ‘महिलाका, जनजातिका, मधेसका सुदूरपश्चिमका, कर्णालीलाई अधिकार सम्पन्न गराउने र ती समुदाय र क्षेत्रमा जागरण आएको कुरा गर्दा यो त माओवादीले गरेको हो भन्ने मानिसहरु धेरै छन् । राज्यका सबै संरचना हेरफेर कसले गरेको हो भन्दा माओवादीले भन्ने स्वीकार्छन् । यो उपलब्धीको फाइदा खान पनि तयार छन् । तर, माओवादीलाई नेतृत्व स्वीकार गर्दैनन् । किनकी यसमा सबैको आफ्नो वर्ग स्वार्थ छ ।’ 

फरक प्रसंगमा पुनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताबारे सघन छलफल चलिरहेको खुलाए ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ५ : ४१ बजे

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०