प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ « Khabarhub

प्रधानमन्त्री ओलीले भने- कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भो, खेलोफड्को भइराखेको छ


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताएका छन् ।

शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाललाई पार्टीको नेतृत्व गर्न नदिइएको बताए । उनलाई ००८ सालमै हराइएको ओलीले टिप्पणी गरे । उनले पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको अवस्था कोट्याए ।

‘०१० सालको पहिलो महाधिवेशनमा होइन कि भित्री रुपमा महासचिवमा पुष्पलाललाई ००८ सालमै हराइयो । र, मनमोहनजी महासचिव हुनुभो । त्यो प्रकारको उतारचढावले कम्युनिस्ट आन्दोलन राम्ररी ठीक ढङ्‍गले अगाडि बढ्न सकिरहेको थिएन,’ ओलीले भने, ‘तर पनि आन्दोलन फेरि पनि आफ्नो अस्तित्वमा सशक्त रुपमा छँदै थियो ।’

एमाले पार्टी निर्माण गर्न विभिन्न नेताले पुर्‍याएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘यसमा विभिन्न नेताहरुले योगदान गर्नुभएको छ, जसमा तुलसीलाल टाढैबाट देखिने खाल्को व्यक्तित्व, स्पष्ट देखिने खाल्को आफ्नै प्रकारको योगदान भएको व्यक्तिको रुपमा उहाँको योगदान थियो । त्यसैले उहाँलाई आज हामीले स्मरण गरिरहेका छौं, सम्मान गरिरहेका छौं ।’

कार्यकर्ता माझ ओलीले अग्रज र उनीहरुको आदर्शबाट प्रेरणा लिनुपर्ने बताए । नेताहरुले एक प्रसङ्गमा भनेका कुरा अर्को प्रसङ्गमा गएर लागू भएको उल्लेख गर्दै ओलीले पुष्पलालले संयुक्त जनान्दोलनको नीति राखेको बताए । ‘त्यो नीति ०४६ सालमा आइपुग्दाखेरि मदन भण्डारीको अगुवाइमा हाम्रो पार्टीले कार्यान्वयन गर्‍यो । त्यही विघटित संसदको पुनर्स्थापनाको कुरा पुष्पलाल, तुलसीलालहरुले राख्नु भएको थियो, या संविधान सभाको कुरा ०१४ सालमा राख्नु भएको थियो, यो कुरा ०७२ सालमा आएर कम्प्लिट भयो ।’ ओलीले भने ।

उनले थपे, ‘उहिले तुलसीलालले राजाले जनतालाई अधिकार सुम्पिनु पर्दछ भनेको कुरा ०६२/०६३ मा हुन गयो । संविधान सभाबाट गणतन्त्र ल्याउनुपर्छ भन्ने तुलसीलालका भनाइहरु त्यतिबेला सम्भव थिएन तर एउटा समयमा आएर त्यही कुरा लिएर आयौं । उहाँहरुको केही भिजन नभएको होइन असाधारण भिजन थियो । देशको राजनीतिक परिवर्तन, आर्थिक परिवर्तन कसरी अगाडि बढ्छ भन्ने सम्बन्धि असाधारण भिजन उहाँहरुमा थियो ।’

पुष्पलाल र तुलसीलालका कतिपय भिजनहरु जीवनकालपछि पूरा भएको बताउँदै ओलीले अरु कतिपय अग्रजहरुका सपना आफ्ना जीवनकालपछि पूरा भएको बताए । ओलीले भने, ‘जुन सपना पूरा हुन बाँकी छन् ती सपना पूरा गर्ने अभिभारा हाम्रो काँधमा छ ।’

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  ६ : ११ बजे

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक

पूर्वप्रधानमन्त्री भट्टराई ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बिरामी परेपछि अस्पताल भर्ना