नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत « Khabarhub

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत


१७ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतले नवलपुरमा समेत बेवारिसे शव व्यवस्थापन सुरु गरेका छन् । नवलपुरको कावासोतीमा बेवारिसे शव व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको शाखा सञ्चालन गरी उनले नवलपुर, चितवन र मकवानपुरमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरेका हुन् ।

हालसम्म सात हजार बढी बेवारिसे शवको व्यवस्थान गरिसकेको उल्लेख गर्दै उहाँले अब नवलपुरमा समेत अभियान सुरु गरिएको बताए । उनले आफ्नो संस्थाले बेवारिसे शवको दाहसंस्कारसँगै सडकमा बेवारिसे अवस्थामा भेटिएका व्यक्तिलाई आश्रम, दुव्र्यसनी भएमा निःशुल्क पुनःस्थापना केन्द्रमा लगेर उपचार गर्ने र आफन्त नभेटिएका शवको दाहसंस्कार गर्ने काम गर्दै आएको बताए ।

बस्नेतले आफूले पैसा र नामका लागि नभई सामाजिक उत्तरदायित्व बहन गर्न बेवारिसे शवको व्यवस्थापन गर्दै आएको भन्दै यस अभियान प्रहरी प्रशासनले पनि सघाइरहेको बताए ।

संस्थाकी महिला विभाग प्रमुख पूजा विश्वकर्माले आफन्त नभेटिएर बेवारिसे अवस्थामा रहेका शवको दाहसंस्कार गर्दा आत्माले शान्ति पाउने र आफूले आत्मसन्तुष्टी महसुस गर्ने बताए । नवलपुरमा अभियान सुरु भएपछि मध्यविन्दु प्रादेशिक अस्पतालमा रहेका विभिन्न चार वटा बेवारिसे शवको पवित्र धार्मिकस्थल देवघाटमा लागेर सामूहिक दाहसंस्कार गरिएको उनले जानकारी दिए।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार  १० : ४९ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष