प्रकाश सुपुतको चलाख जवाफ ! « Khabarhub

प्रकाश सुपुतको चलाख जवाफ !


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको चौथो फिल्म ‘हरिबहादुरको जुत्ता’ असोज १३ अर्थात् फूलपातीबाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशका पछिल्ला कामले दर्शकको साथ पाएका छैनन् । उनले आफ्नो डेब्यू लेखन र निर्देशनमा बनाएको फिल्म ‘वसन्त’ चलेन ।

फिल्मपछि उनको कल्पना, निर्देशन र शब्द रहेको म्युजिक भिडियो ‘नाइँ भनेसी नाइँ’ चलेन । युट्युबमा यस म्युजिक भिडियोले १३ लाख भ्युज मात्र पाएको छ ?

ठीक एक महिनामा यो गीत १३ लाखले हेरेका हुन् । त्यति भ्युज त प्रकाशले सिर्जनाले यसभन्दा पहिलो २४ घण्टामै पार गर्थ्यो !

डेब्यू निर्देशन फ्लप र त्यसपछिको म्युजिक भिडियोले दर्शकको साथ नपाएपछि उनको ‘करिअर ओरालो लागेको’ विश्लेषण पनि सुरु भएको छ ।

‘करिअर ओरालो लागेको विश्लेषण’लाई प्रकाशले गलत प्रमाणित गर्न सकेका छैनन् ।

यही परिदृश्यमा उनको अभिनय रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनको संघार आइपुग्न लागेको छ ।

कमलपोखरीस्थित एक फिल्म हलमा सोमबार कार्यक्रममा यस फिल्ममा समावेश एक गीत ‘ढाका टोपी’ सार्वजनिक गरिएको थियो ।

गीतमा प्रकाश र स्वस्तिमाको छमछमी देखियो । त्यसपछि प्रश्न गरियो, ‘प्रकाश जी राम्रै नाच्नु हुने रहेछ ? कहिले अभ्यास गर्नुभयो ।’

यो प्रश्नमा प्रकाशको नृत्य क्षमताको प्रशंसा मिसिएको थियो । त्यसपछि प्रकाशले हाँस्दै भने, ‘जीवनमा केही कुरा चाहिँ राम्रै चलेको रहेछ ।’

अर्थात्, ‘करिअर ओरालो लागेको विश्लेषण’ चलिरहेको अवस्थामा नृत्य क्षमताले प्रशंसा पाउनुलाई उनले ‘जीवनमा केही राम्रो चलिरहेको रहेछ’ भन्ने रुपमा ग्रहण गरेको पाइयो ।

०००

‘हरिबहादुरको जुत्ता’ सम्म आइपुग्दा प्रकाशको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आइसके । ती हुन्– ‘परदेशी २’, ‘पूर्णबहादुरको सारङ्गी’ र ‘वसन्त’ ।

‘पूर्णबहादुरको सारङ्गी’ले ऐतिहासिक व्यापार गर्‍यो । तर यसको जसमा उनले लिन पाएनन् ।

बरु निर्माता बिनोद पौडेलसँग उनको व्यवसायिक सम्झौताको विषयमा विवाद हुँदा किचलोमा पर्नुपर्‍ यो । सामाजिक सञ्जालमा खुलेयामा शब्द युद्ध दर्शकले देख्नुपर्‍यो ।

फिल्ममा आउनुअघि प्रकाशले ‘जे छोयो त्यही हिट हुन्छ’ भन्ने भाष्य बनेको थियो । तर, फिल्ममा आएपछि प्रकाशले ‘फ्लप नायक’ र ‘फ्लप लेखक तथा निर्देशक’को ट्याग भिर्नुपर्‍यो ।

अर्थात्, प्रकाशले गायिकबाट फिल्ममा प्रवेश गर्नुको औचित्य प्रमाणित गर्न सकेका छैनन् ।

यही प्रसंगलाई कोट्याउने गरी प्रकाशलाई उक्त कार्यक्रममा प्रश्न सोधिएको थियो, ‘फिल्ममा आएर के पाउनुभयो ?’

प्रकाशलाई फिल्मले फ्याट्ट उत्तर दिने त्यस्तो केही दिएको छैन । बरु फिल्म क्षेत्रका ‘मै हुँ’ भन्ने हरु नै भन्दै आएका छन्, ‘प्रकाश फिल्ममा आउनु गल्ती ।’

तर, प्रकाशले उक्त प्रश्नको जवाफ चलाखीपूर्ण हिसाबले दिए । यो जवाफ दिने बाध्यतालाई उनले आफूलाई ‘हम्बल’ देखाउन अवसरमा प्रयोग गरे ।

उनले हरिवंश आचार्य जस्तो ‘लेजेन्ड’सँग काम गर्न पाउनु नै आफू फिल्म क्षेत्रमा आएर कमाएको उपलब्धि रहेको बताए ।

उनले भने, ‘लेजेन्ड हरिवंश आचार्यले आफैँले लेख्नुभएको फिल्म हो यो । यो नै ठूलो कुरा हो ।’

उनले हरिवंशको उपनाम बनेको पात्र ‘हरिबहादुर’बारे बनेको फिल्ममा काम गर्न पाउनुलाई करिअरक उपलब्धि भएको भन्दै सिनियरको सम्मानमा शब्द खर्चिए ।

उनले भने, ‘एउटा आइकोनिक पात्र हो– हरिबहादुर’ । हरिवंश आचार्यल सयौं पात्र निर्वाह गर्नुभयो । तर, हरिवंश आचार्यभन्दा हाम्रो दिमाखमा ‘हरिबहादुर’ पात्र आउँछ । मेरो फिल्ममा नायिकाभन्दा बढी ‘हरिबहादुर’सँग बढी दृश्य दिएको छु । त्योभन्दा बढी मेरो जीवनमा अरु उपलब्धि के हुन सक्छ र ?’

पाठकलाई जानकारी दिऊ– हरिवंशको चर्चित्र पात्र ‘हरिबहादुर’लाई केन्द्रीय भूमिका उत्तारिएर फिल्म ‘हरिबहादुर’ बनाइएको हो । यो फिल्म हरिवंश आफैँले लेखेका हुन् ।

खैर, प्रकाशको जवाफ चलाखीपूर्ण नै हो । फिल्मले के दियो भन्दा फ्याट्ट भन्ने प्रकाशसँग थिएन तर, जवाफ मिठै सुनियो ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ५९ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय