हिले–जलजलेमा कृत्रिम ताल निर्माण « Khabarhub

हिले–जलजलेमा कृत्रिम ताल निर्माण


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ। बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो ।

सोही स्थानमा अब उद्यान निर्माण गरिने र तालमा डुङ्गा सञ्चालन गर्ने योजना बनाइएको छ । घिमिरेगाउँका स्थानीय बासिन्दा केशवप्रसाद घिमिरेले ताल निर्माणसँगै सो स्थान पर्यटकीय गन्तव्य बनेको बताए। 

‘पर्यटकीय क्षेत्र बनेपछि टाढाटाढाबाट मानिस आउँछन्, त्यसरी आउनेले यहीँका उत्पादन सागसब्जी र फलफूल बिक्री गरेर आम्दानी लिने बाटो खुल्छ भन्ने आशामा गाउँले छौँ’, उनले भने, ‘सुरुआती अवस्थाले उत्साह थपिएको छ, उद्देश्य नै बहुउद्देश्यीय पर्यटकीय ताल भएकाले सुविधायुक्त बन्नेमा विश्वस्त छु ।’

सोही ठाउँका अर्का स्थानीय बासिन्दा कृष्णप्रसाद दाहालले पर्यटकीय ताल बनेसँगै यहाँबाट बगेको पानीले तलतिर रहेको पाखो खेतबारी सिञ्चित भई उत्पादन वृद्धि हुने आशामा रहेको बताए। 

हिले जलजले पर्यटकीय ताल संरक्षण समितिका संयोजक गोपाल घिमिरेका अनुसार सुरुआती चरणमा ताल निर्माणका लागि बाँधको संरचना निर्माण गरी पानी जमाउने काम भएको छ । बाँध निर्माणसँगै बाँधस्थलमा घेराबार गर्ने र मानिस हिँडडुल गर्न स्टिलको रेलिङ निर्माण गरिएको छ । 

बागमती प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पूर्वाधार निर्माणको जिम्मा पाएको विजय-लोटस-तेजस्वी जेभीले २०८० साल मङ्सिरदेखि काम थालनी गरी हाल अन्तिम चरणमा पुर्‍याएको छ ।

पहिलो चरणमा बाँध निर्माणका लागि निर्माण कम्पनीले पाँच करोड ८७ लाख लागतमा काम सम्पन्न गरेको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार सो तालमा डुङ्गा सञ्चालन गर्ने र आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यान निर्माण गर्ने योजना छ ।

विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब १७ करोड लागतमा यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने उल्लेख छ ।
 
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १२ : ५४ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन