कामपाबाट २०४ जना विपन्न, असहायले लिए निःशुल्क सेवा « Khabarhub

कामपाबाट २०४ जना विपन्न, असहायले लिए निःशुल्क सेवा


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट अहिलेसम्मा २०४ जनाले सेवा लिएका छन् ।
   
उक्त सेवा २०८० फागुन १ गतेदेखि सञ्चालनमा ल्याएको हो । सेवा लिनेमध्ये सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाले शल्यक्रिया सेवा लिएका छन् । यसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया रहेको कामपाले जानकारी दिए।  

कामपाका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन् । सात जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायुको, १३ जनाले श्वासप्रश्वाशसम्बन्धी, १२ जनाले मूत्र प्रणाली तथा पिसाबसम्बन्धी समस्यामा सेवा लिए। 

सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिनुभएको छ । काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जनाले, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट नौ जनाले सेवा लिनुभएको श्रेष्ठले जानकारी दिए ।  

सेवाप्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिए । यस्तै गण्डकी प्रदेशका ३२ जनाले, कोशी प्रदेशका २७ जना, मधेस प्रदेशका २१ जना, लुम्बिनी प्रदेशका २० जना, कर्णाली प्रदेशका १७ जना र सुदूरपश्चिम प्रदेशका १५ जना बिरामीले सेवा लिए । यो करिब रु ७४ लाख १६ हजार  उपचार सेवा हो । 

लक्षित वर्गलाई निःशुल्क उपचार गराउनुपर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा नआएपछि कामपाले अनिवार्य गराएको थियो । यसलाई कार्यान्वयन गराउन कामपाले लक्षित वर्गको उपचार गराउनेसम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो । यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया कामपाको यस प्रणालीमा आबद्ध भएका छन् । 

यस सेवासम्बन्धी थप जानकारीका लिन कामपाको निःशुल्क कल सेन्टर ११८० मा फोन गर्न सकिने बताइएको छ । बिरामीले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि अस्पतालअनुसार श्यया खाली छ वा छैन विवरण आवश्यकताअनुसार बुझ्न पनि सकिनेछ । 
 

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ४१ बजे

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकको विश्व आर्थिक शासन व्यवस्थामा

सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा

रसुवा– भोटेकोशी बाढीका कारण चीनसँगको सीमावर्ती जिल्ला रसुवाको सडक सञ्जाल

ग्रिसको एक्रोपोलिस नजिक भवनमा विस्फोट, दुई अचेत व्यक्तिको उद्धार

एथेन्स- ग्रिसको राजधानी एथेन्सस्थित पर्यटकीय क्षेत्र प्लाकामा शुक्रबार भएको विस्फोटपछि

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार