अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल « Khabarhub

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

आठ दलको एकता सम्मेलनमा सहभागी हुने समाजवादीको निर्णय


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ।

सचिवालय बैठकले कात्तिक १९ गते आठ पार्टीहरूबीच हुन लागेको एकता सम्मेलनमा आफ्नो पार्टी पनि सामेल हुने निर्णय गरेको छ।

पार्टी नेता मेटमणि चौधरीका अनुसार बैठकमा महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल उपस्थित थिएनन् ।

माओवादी लगायत आठ दलसँग एकीकरण गर्ने निर्णय एकीकृत समाजवादीले गरेसँगै समाजवादीका महासचिव भुसालसहित सम्मानित नेताहरू असन्तुष्ट छन्।

असन्तुष्ट पक्षले शुक्रबार छुट्टै भेला गरेर पार्टी एकीकरणमा नजाने बताएको थियो।

शुक्रबार खबरहबसँग कुरा गर्दै पार्टी महासचिव भुसालले एकीकृत समाजवादीको सचिवालय बैठक पछाडि आफूले के गर्ने भन्नेमा निर्णयमा पुग्ने बताएका थिए ।

तर शुक्रबार भएको सचिवालय बैठकमा उनी नगएपछि छुट्टै योजना बनाएको बुझिएको छ । भुसाल पार्टी पुनर्निर्माणमा अगाडि बढ्ने योजनामा छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ६ : १८ बजे

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको