भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण « Khabarhub

भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण गरिएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको सुबनसिरी जलविद्युत् परियोजनाको परीक्षण गरिएको हो ।

यस परियोजनाको २ हजार मेगावाटमध्ये २५० मेगावाट युनिटको परीक्षण उत्पादन गरिएको हो ।

कुनै विद्युत् उत्पादन नगरी विभिन्न किसिमको उपकरणको माप लिन टर्बाइन परीक्षण गरिएको द हिन्दुले उल्लेख गरेको छ ।

यो परियोजना सन् २००५ मा शुभारम्भ गरिएको थियो । सन् २०११ मा यस परियोजनाको विरोधमा प्रदर्शन भएपछि यसको निर्माण स्थगन गरिएको थियो ।

यद्यपि भारतको प्रधानमन्त्री कार्यालयले सन् २०१९ मा यसको निर्माणलाई छिटो सक्न निर्देशन दिएको थियो । भारतको जलविद्युत कम्पनी एनएचपीसीका प्रमुख भूपेन्द्र गुप्ताले यस परीक्षणलाई महत्वपूर्ण उपलब्धिको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ३२ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्