चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’ « Khabarhub

चीनमा अध्ययन गरेका नेपाली र भारतीय चिकित्सकले मनाए २५ वर्षे ‘सिल्भर जुबिली’


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको हेनान प्रान्तस्थित सिन्सियाङ मेडिकल विश्वविद्यालय (एक्सएक्सएमयु) मा एमबीबीएस अध्ययन नेपाली र भारतीय विद्यार्थीहरूले २५ वर्षे ‘सिल्भर जुबिली’ पुनर्मिलन समारोह आयोजना गरेका छन् । 

सन् २००१ देखि एक्सएक्सएमयुमा अध्ययन गरेका र हाल अध्ययन गरिरहेका विद्यार्थीले पुनर्मिलन समारोह आयोजना गरेका हुन् । 

२५ वर्षपछि भएको यो भेटघाटले विदेशमा बिताएका अध्ययन वर्षका चुनौती, सम्झना र मित्रतालाई पुनः जीवित बनाउँदै चिकित्सक समुदायबीचको एकता र सहकार्यलाई अझ मजबुत बनाएको चिकित्सकहरूले बताएका छन् । 

उनीहरूले विदेशी भूमिमा शुरू भएको मित्रता र पेशागत यात्राका स्मृतिहरू पुनः एक ठाउँमा एकत्रित भएपछि कार्यक्रम अत्यन्तै भावनात्मक र उत्साहपूर्ण बनेको बताए । 

उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योगदानले सिन्सियाङ मेडिकल विश्वविद्यालयबाट अध्ययन पूरा गरेका चिकित्सकहरू स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा रहेको प्रमाणित भएको बताए । अहिले नेपाल लगायत भारतका विद्यार्थी स्वास्थ्य क्षेत्रमा विज्ञको रुपमा काम गरिरहेको उनीहरूको भनाइ छ । 

कार्यक्रममा स्वास्थ्य क्षेत्र मात्रै नभई विभिन्न नेतृत्व भूमिकामा सक्रिय चिकित्सकहरूलाई पनि सम्मान गरिएको छ । जसमा नेपाल रेडियोलोजिस्ट एसोसिएशन अध्यक्ष, डा. तेजेन्द्र कार्की न्युरो सर्जन प्रा.डा.प्रकाश काफ्ले, कार्डियोलोजिस्ट डा. राजेश नेपाललाई सम्मान गरिएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ११ : ५८ बजे

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले