जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ « Khabarhub

जन्मदिनको शुभकामना दिँदै ईश्वरले खोजे विष्णुको साथ


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र भएको छ। तेस्रो पटक अध्यको दौडमा रहेका केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यस पटक चुनौती दिँदैछन् ।

पोखरेलले टीम नै बनाएर आफूलाई मैदानमा उतार्दैछन् । उनको पक्षमा उपाध्यक्षहरू अस्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीहरू खुलिसकेका छन् ।

तर निर्णायकमध्ये एक उपाध्यक्ष विष्णुप्रसाद पौडेल अहिलेसम्म कतै खुलेका छैनन् । यस्तो अवस्थामा पौडेलले पोखरेललाई समर्थन गरेको खण्डमा एमालेको समीकरणमा धेरै फेरबदल हुन सक्छ ।

उनै पौडेलले मंगलबार जन्मदिन मनाइरहेका छन् । उनलाई शुभकामना दिँदै अध्यक्षका दाबेदार पोखरेलले समर्थन समेत खोजेका छन् ।

पोखरेलले पौडेललाई शुभकामना हिजोका संघर्षका दिन सम्झाएका छन् । ‘प्रिय विष्णु पौडेल कमरेड, जन्म दिवसका अवसरमा हार्दिक शुभकामना’, उनले भनेका छन्, ‘जोखिम, प्रतिकूलता र दु:खका दिनमा हामीसँगै रहेको क्षण याद दिलाउने तस्बिरमा हामी दुई ।’

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यो तस्बिर गुल्मीको रेसुङ्गामा खिचिएको हो । उनका अनुसार दुई जना नेताहरू तन्नेरी हुँदा गुल्मीको रेसुङ्गा डाँडा उक्लिएका बेला उक्त तस्बिर कैद गरिएको थियो । पोखरेलले सम्भवत: सन् १९८० आसपासको तस्बिर राखेर दु:खका ती दिन सम्झिँदै एघारौँ महाधिवेशनमा पौडेलको साथ खोजेका हुन् ।

सहयात्रा

यी दुई नेता एमालेको प्रारम्भिक चरणदेखि नै संगठन, वैचारिक लाइन र नेतृत्व संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएका सहयात्री हुन्।

उनीहरूबीच पञ्चायतको भूमिगत कालदेखि नै नजिकको सम्बन्ध थियो । दुवै नेताले कम्युनिस्ट आन्दोलनको भूमिगत समयमै संगठनमा सक्रिय भूमिका खेलेका थिए।

एमालेले विभिन्न चरणमा छिचोलेका महत्वपूर्ण मोड (जनआन्दोलन, पार्टी एकता, विभाजनका संकट, सरकारमा प्रवेश, वैचारिक बहस) मा दुई नेता एउटै लाइनमा उभिएका छन् । तर यस पटकको महाधिवेशनमा पौडेलले पोखरेललाई निरन्तर साथ दिन्छन् या ओलीलाई तेस्रो पटक अध्यक्ष बनाउँछन् निश्चित भएको छैन ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  १ : ५३ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा