विराटनगर– विराटनगर इन्टरनेशनल कलेजले आइतबार वार्षिक दीक्षान्त समारोह–२०२५ सम्पन्न गरेको छ। सोल्टी वेस्टेन्ड इटहरीमा कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको मेहनतलाई सम्मानपूर्वक उद्घोष गर्दै समारोह सम्पन्न गरेको हो ।
यस वर्ष कलेजका ६४ जना विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् ।
तीमध्ये ५४ जना बीएसी (एचओएनएस) अन्तर्राष्ट्रिय व्यापार व्यवस्थापन र १० जना बीएससी (एचओएनएस) अन्तर्राष्ट्रिय हस्पिटालिटी व्यवस्थापनमा दीक्षित भएका छन् ।
कलेजका अनुसार यी विद्यार्थीहरू अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धात्मक करियर यात्रामा अघि बढ्न सक्षम बनेका छन् ।

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक एवं अध्यक्ष सुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे ।













प्रतिक्रिया