बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै « Khabarhub

 बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजा युद्ध र बन्धक सम्झौताका सम्बन्धमा वार्ता सुरु गर्न इजरायलले कतारको राजधानी  दोहामा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरेको छ ।

प्रतिनिधिमण्डलमा इजरायली गुप्तचर निकाय मोसाद, शिन बेट वा इजरायली सुरक्षा निकाय, इजरायली रक्षा बल (आईडीएफ) का अधिकारीहरूले बिहीबार इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई स्वीकृति दिएको घोषणा गरेको थियो ।

‘नेतन्याहूले मोसाद, शिन बेट र आईडीएफको कार्यकारी स्तरको प्रतिनिधिमण्डललाई दोहामा वार्ता जारी राख्न अनुमति दिनुभएको छ,’ प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

यसैबीच बन्धकका परिवारको प्रतिनिधित्व गर्ने नागरिक, स्वयंसेवकमा आधारित संस्था ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले नेतन्याहूको निर्णयको स्वागत गर्दै ’अवसरको ढोका’ गुम्न नहुने बताएको छ ।

एक्समा इजरायली भाषामा पोस्ट भएको सन्देशमा फोरमले भनेको छ, ‘बन्धक र बेपत्ता परिवार फोरम इजरायली प्रतिनिधिमण्डललाई कतार पठाउने निर्णयको स्वागत गर्दछ। हामीले अवसरको ढोका गुमाउनु हुँदैन । प्रधानमन्त्रीले वार्ता टोलीलाई एक सम्झौतामा पुग्न अधिकार दिने र टोलीले हरेक बन्धकलाई फिर्ता गर्नेछ ।’

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : २१ बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश