सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त « Khabarhub

सुदूरपश्चिम प्रदेश योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले नीति तथा योजना आयोगमा उपाध्यक्षसहित तीन जना नियुक्त भएका छन् । प्रदेश सरकारका मुख्य मन्त्री कलबहादुर शाहले सुदूर पश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा जीवन रानासहित तीन जनालाई नियुक्त गरेका हुन् । 

मन्त्री परिषद्को बैठकले रानालाई नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । त्यस्तै शेर बहादुर भण्डारी र हिरा चन्द्र नीति तथा योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

द सोसियो कल्चर अफ राना थारु विषयमा विद्यावारिधि प्राप्त रानाले एजुकेशन प्लानिङ म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी छन् । राना थारु समाजकी पूर्व अध्यक्ष राना नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुन् । 

सदस्यमा नियुक्त भएका भण्डारी पनि नेपाली कांग्रेस निकट हुन् । अर्का सदस्य चन्द भने नेकपा एमाले निकट हुन् । मुख्यमन्त्री शाहले बुधवार नै रानालाई उपाध्यक्ष पदको शपथ खुवाए । त्यसपछि उपाध्यक्ष रानाले नवनियुक्त सदस्य द्वय भण्डारी र चन्दलाई शपथ खुवाएकी छन् । 

यसअघि उपाध्यक्ष गणेश विक थिए भने सदस्यहरूमा डा. जगरसिंह रावल र दीपिका भट्ट थिए । विक नेकपा एकीकृत समाजवादी निकट हुन् । तत्कालीन गठनादेश खारेज गरेर नयाँ गठनादेश अनुसार उपाध्यक्ष र सदस्य नियुक्त गरिएको हो ।

यसअघि उपाध्यक्षसहित तीन सदस्य रहेको प्रदेशको नीति तथा योजना आयोग अब पाँच सदस्यीय भएको छ । उपाध्यक्ष र दुई सदस्य नियुक्त भएपछि अब थप दुई सदस्य नियुक्त हुने छन् । नयाँ नियुक्त हुने सदस्य पनि भागबन्डामै टुंगीने बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ३ : २० बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा