कांग्रेसले चैत मसान्तभित्रै सदस्यता नवीकरण गरिसक्ने « Khabarhub

कांग्रेसले चैत मसान्तभित्रै सदस्यता नवीकरण गरिसक्ने


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बैठकले बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको हो ।

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहने गरी क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले तालिका बनाएरै चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको नेतृ गुरुङले जानकारी दिइन् ।

‘नवीकरणका लागि कार्यतालिका नै बनाएर पठाउँछौँ । वडाले कहिले सक्ने, पालिकाले, प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला हुँदै केन्द्रमा कति गते आइपुग्ने भनेर कार्यतालिका नै आउँछ,’ उनले भनिन् ।

गुरुङले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न अध्ययन गरी आवश्यक निर्णय लिने निर्णय गरिएको पनि जानकारी दिइन् ।

‘नयाँ सदस्यता वितरणका लागि अध्ययन गर्छौं, जातीय, लैंगिक, भूगोल क्लस्टरअनुसार कस्तो छ त्यसको अध्ययन गरेर नयाँ मापदण्ड बनाउने निर्णय भएको छ,’ उनले भनिन् ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य रसायलीले डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र क्रियाशील सदस्यताको कार्ड पठाउने निर्णय पनि भएको जानकारी दिए । उनले समितिको अर्को बैठक पुस २६ गते फेरि बस्ने बताए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ५८ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन