कांग्रेसले चैत मसान्तभित्रै सदस्यता नवीकरण गरिसक्ने « Khabarhub

कांग्रेसले चैत मसान्तभित्रै सदस्यता नवीकरण गरिसक्ने


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी चैत मसान्तभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बैठकले बैठकले कार्यतालिका बनाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरिसक्ने निर्णय गरेको हो ।

कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहने गरी क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले तालिका बनाएरै चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्ने निर्णय गरेको नेतृ गुरुङले जानकारी दिइन् ।

‘नवीकरणका लागि कार्यतालिका नै बनाएर पठाउँछौँ । वडाले कहिले सक्ने, पालिकाले, प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला हुँदै केन्द्रमा कति गते आइपुग्ने भनेर कार्यतालिका नै आउँछ,’ उनले भनिन् ।

गुरुङले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न अध्ययन गरी आवश्यक निर्णय लिने निर्णय गरिएको पनि जानकारी दिइन् ।

‘नयाँ सदस्यता वितरणका लागि अध्ययन गर्छौं, जातीय, लैंगिक, भूगोल क्लस्टरअनुसार कस्तो छ त्यसको अध्ययन गरेर नयाँ मापदण्ड बनाउने निर्णय भएको छ,’ उनले भनिन् ।

क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्य रसायलीले डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र क्रियाशील सदस्यताको कार्ड पठाउने निर्णय पनि भएको जानकारी दिए । उनले समितिको अर्को बैठक पुस २६ गते फेरि बस्ने बताए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ५८ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका