क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते « Khabarhub

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, १८ घाइते


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

लस– अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।’

यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेशन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । 

टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ ।

‘एक ठूलो आवाजसहित जहाज भवनमा ठोक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ,’घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई बताए । 

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।

गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुई जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ५ : ३० बजे

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना