सन् २०२४ मा विश्व खाद्य मूल्य दुई प्रतिशतले घटेको दाबी « Khabarhub

सन् २०२४ मा विश्व खाद्य मूल्य दुई प्रतिशतले घटेको दाबी


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विश्व खाद्य वस्तुको मूल्य अघिल्लो वर्षको तुलनामा २०२४ मा २.१ प्रतिशतले घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले शुक्रबार बताएको छ । यद्यपि यो कोभिड–१९ महामारीअघिको तुलनामा उल्लेख्य रूपमा माथि छ ।

एफएओको समग्र खाद्य मूल्य सूचकाङ्क औसत १२२.० अङ्क रह्यो । यो सन् २०२३ को औसत मूल्यभन्दा २.६ अङ्क अर्थात २.१ प्रतिशत कम हो ।

यद्यपि खाद्य मूल्यहरू यस वर्षको अवधिमा बढेको छ । सूचकाङ्क जनवरीमा ११७.६ अङ्कबाट डिसेम्बरमा १२७.० मा पुगेको छ ।

मुख्य रूपमा मासु, डेरी र खाद्य तेलको वृद्धिका कारण सूचकाङ्क डिसेम्बर २०२३ देखि २०२४ सम्म ६.७ प्रतिशतले बढ्यो ।

संयुक्त राष्ट्रसङ्घको खाद्य एजेन्सीले विश्वव्यापी रूपमा कारोबार हुने वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यमा हुने मासिक र विश्वव्यापी परिवर्तनको अनुगमन गर्छ ।

खाद्यान्नको मूल्य पनि पाँच वर्ष अघिको तुलनामा उल्लेखनीय रूपमा उच्च अर्थात करिब २६ प्रतिशत रहेको छ ।

कोभिड–१९ महामारीको समयमा विश्वव्यापी व्यापारमा आएको अवरोधले सुरुमा खाद्यान्नको मूल्यमा गिरावट ल्याए पनि पछि विश्वव्यापी अर्थतन्त्रमा पुनरुत्थान भएपछि मुद्रास्फीति बढेकाले ती उच्च भए ।

सन् २०२२ फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि मूल्य रेकर्ड स्तरमा पुग्यो किनकि दुवै देश प्रमुख गहुँ निर्यातक हुन् । यद्यपि ढुवानी अवरुद्ध नभएको सुनिश्चित गर्ने प्रयासहरूले सन् २०२४ को सुरुआतसम्म मूल्य घट्दै गयो ।

सन् २०२३ र २०२४ का बीचमा सूचकाङ्कको औसत मूल्यमा आएको गिरावट मुख्यतया खाद्यान्न र चिनीको मूल्यमा आएको गिरावटका कारण थियो ।

सन् २०२३ को तुलनामा अन्न १३.३ प्रतिशतले घटेको छ भने एफएओको चिनीको मूल्य सूचकाङ्क १३.२ प्रतिशतले घटेको छ । वनस्पति तेलको मूल्य सूचकाङ्कमा ९.४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ९ : ०७ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ