चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च « Khabarhub

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड हवाई यात्रुले यात्रा गरेको अनुमान गरिएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी) ले जनाएको छ ।

सिएएसीका अधिकारी जू मिङ्सिआङको अनुसार, यो सङ्ख्या १८ प्रतिशतले वार्षिक वृद्धि भएको हो ।

हवाई क्षेत्रले सन् २०२४ मा १३.८१ मिलियन उडान घण्टा तथा ५.३९ मिलियन उडानहरू गर्ने अनुमान गरिएको थियो, जुन क्रमशः १३.१ प्रतिशत र ९.५ प्रतिशतले वार्षिक रूपमा बढेको छ ।

चीनको नागरिक उड्डयन क्षेत्रले सन् २०२४ मा कुनै पनि हवाई दुर्घटनाको नभएको जनाएको छ । सिएएसीले आगामी वसन्त चाड यात्राको लागि विशेष सुरक्षा निरीक्षण गर्न, सुरक्षा जोखिमहरू रोक्न, आपतकालीन प्रतिक्रिया दक्षता सुधार गर्न काम गरेको पनि बताए ।

सिएएसीका अनुसार, जनवरी १४ देखि फेब्रुअरी २२ सम्म चल्ने सन् २०२५ वसन्त चाड यात्रा सिजनमा चीनको नागरिक उड्डयन क्षेत्रले करिब ९० लाख यात्रुले यात्रा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ४५ बजे

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना