अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन « Khabarhub

अध्यादेशविरुद्ध कांग्रेसकै नेता, मीन विश्वकर्मा भन्छन्- यही अवस्थामा पारित हुँदैन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएका अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांग्रेससँग छलफल गरे पनि संसद्‍मा लैजाँदा पार्टीहरूबीच असन्तुष्टि आउँदा पारित नहुने अवस्था आएको बताए ।

विश्वकर्माले अहिलेको गठबन्धन २०८४ को निर्वाचनसम्म कायम रहने दाबीसमेत गरे ।

नेता विश्वकर्माले पछिल्लो समय कांग्रेस चलयामान बन्दै गइरहेको पनि बताए ।

अहिलेको अवस्थामा ५५ वटा विभाग निर्माण गरी ७७ वटै जिल्लामा निरन्तर कार्यक्रमहरू भइरहेको उहाले बताए ।

कांग्रेसको महाधिवेशनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले तोकिएको समयमै महाधिवेश हुने बताउँदै अहिले पार्टिभित्रका गुट तथा पक्ष अब नहुने तर्क गरे ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युएसएआईडीसहितको वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको बताएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : ४० बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९