कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भयो : विप्लव  « Khabarhub

कम्युनिस्ट नेताहरूमा आवारा प्रवृत्ति हाबी भयो : विप्लव 


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका नेताहरू भिखारी जस्तो विभिन्न देशसँग भिख मागिरहेको बताएका छन् । सोमबार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरु देशसँग भिख माग्दा युक्रेनको जस्तो हालत हुने बताएका हुन् । 

यस्तै समयले अग्रगामी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने अवस्था आएको उनले बताए ।

 ‘दलालहरूले युक्रेनको जस्तै हालत बनाउँछन्,’ उनले भने, ‘नेपाललाई हामीले रूपान्तरण गर्न सकिन्छ । त्यसमा लागि कम्युनिस्ट मुभमेन्टलाई एकता आवश्यक छ ।’

गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव नभएको र विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने उनको भनाई थियो ।

 ‘अहिले देशको उत्पादनले दुई महिना खान पुग्दैन,’ उनले भने, ‘यस्तै तालले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ ।’

साथै राजनीति गर्ने मान्छेले श्रम गर्नुहुँदैन भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए ।

एक महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा सात सय स्याउका विरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरेको बताए ।

 ‘जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ’ उनले भने।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : ३५ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको