काठमाडौंमा वायु प्रदूषण विश्वको दोस्रो नम्बरमा, मौसमविद् भन्छन्– आकाश खुल्न केही दिन लाग्छ « Khabarhub

काठमाडौंमा वायु प्रदूषण विश्वको दोस्रो नम्बरमा, मौसमविद् भन्छन्– आकाश खुल्न केही दिन लाग्छ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) ३७५ रहेको छ । जसलाई खतरनाक अवस्था मानिन्छ ।

विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको इराकको बग्दादमा एक्यूआई ६४७ रहेको छ । नेपालपछि रहेको दिल्लीको एक्यूआई १९९ छ ।

मौसमविद् बिनु महर्जनले विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझै केही दिन लाग्ने बताइन् ।

शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्दै जाने उनको भनाइ छ । 

उनका अनुसार हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको छ । 

उनले बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको उल्लेख गर्दै भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ९ : ०४ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७