बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा « Khabarhub

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उनको भनाइ छ ।

‘पाँचधारे बजार पहिराको जोखिममा परेको छ’, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।’

बजार क्षेत्रका आठवटा घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामान्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिए । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उनले बताए । (रासस)

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ४४ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको