पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग | Khabarhub Khabarhub

पर्दा पछाडिका हिरो दिविज पिया : जसले खनेका थिए रवीन्द्रको ऐतिहासिक सफलताको जग


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको नोएडामा गएराति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) इभेन्टमा ऐतिहासिक जित निकालेका छन् ।

उनले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डमै नकआउट गर्दै सनसनीपूर्ण जितसहित नेपालको नाम एक पटक फेरि चम्काएका छन् ।

पाँच राउन्डको भिडन्तमा उपाधिका लागि उनले तेस्रो राउन्ड मात्रै खेलेर जित निकाले । तेस्रो राउनको ५४औँ सेकेन्डमै भारतीय कोरेनलाई उनले नकआउट गरिदिए ।

उनले प्रतियोगितामा सनसनीपूर्ण जितसहित एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि चुमे । म्याट्रिक्स फाइट नाइटमा साविक विजेता कोरेनलाई हराउँदै रवीन्द्रले बान्टमवेट बेल्ट जित्दा यो ऐतिहासिक क्षण जित आफ्ना प्रशिक्षक र जीवनका मार्गदर्शक दिविज पिया लामालाई समर्पित गरे। रवीन्द्रको जितपछि प्रशिक्षक लामाले उनलाई अंकमाल गरेर खुसी साटासाट गरे ।

‘काठमाडौं गएदेखि मलाई दिविज दाइले यति धेरै सपोर्ट गर्नुभयो । उहाँले कसरी, कहाँ कम्पिट गर्ने हो, कसरी स्पोन्सर ल्याउने, कोसँग ट्रेनिङ गर्ने सबै सिकाउनु भएको हो’, उनले उपाधि चुमेपछि भने, ‘शब्दहरू छैनन् दाइ, लभ यु दाइ ।’

उनले त्यसक्रमा आफूलाई मोटिभेट गर्दै आएका सिसन बानियाँलाई पनि सम्झिए । ‘सिसन दाइ धन्यवाद, तपाईंले मलाई धेरै सहयोग गर्नुभयो’, उनले भने ।

उनको फाइट हेर् बलिउड अभिनेता ज्याकी श्राफ पनि पुगेका थिए । ‘एमएफएनमा आउनु भएकोमा ज्याकी श्राफलाई धन्यवाद। उहाँले मेरो फाइट हेर्नुभयो, बोलाउनुभयो’, उनले भनेका छन्,‘म तीन वर्षदेखि यहाँ आउन प्रयास गरिरहेको थिएँ। सबैलाई धन्यवाद ! नेपालबाट यहाँ आइदिनु भएकालाई धन्यवाद !’

ढाँटको यो सफलतासम्मको यात्रामा लामा र बानियाँले निरन्तर साथ दिए । ढाँटले यो सफलता चुम्दै गर्दाको जग उनै प्रशिक्षक लामाले खनेका थिए । उता सिसनले उनलाई नेपालदेखि अन्य देशसम्म चिनाउन ब्रान्डिङ गरिरहे । रवीन्द्रको सफलताको मूख्य आधार प्रशिक्षक लामा हुन् । लामाले पर्दा पछाडिबाट ढाँटलाई निरन्तर साथ र हौसला दिइरहे ।

लामा नेपालको चर्चित एमएमए प्रतियोगिता ‘नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी)’ का संस्थापक पनि हुन् । रवीन्द्रमा राम्रो सम्भावना र लगनशीलता देखेका उनले आफ्नै व्यक्तिगत खर्चमा प्रशिक्षण दिए ।

उनै लामाले रवीन्द्रका लागि तालिमको वातावरण बनाइदिनेदेखि आवास र खानपिनको पनि जिम्मेवारी लिए । रवीन्द्रलाई रिङमा उत्रिएर खेल्न उनले व्यवस्थापका रुपमा सबै प्रकारको जिम्मेवारुी बहन गरे । रवीन्द्रका लागि दिविज प्रशिक्षक मात्रै नभएर एक उदाहरणीय मार्गदर्शकका रुपमा खडा भए । उनको निरन्तरको यही प्रयास र समर्पणले रवीन्द्र अहिले विश्वमञ्चमा छाइसकेका छन् ।

एनडब्लुसीमा शानदार प्रदर्शपछि दिविजकै मार्गदर्शन र निगरानीमा रवीन्द्रले विदेशी प्रशिक्षण र प्रतियोगिताबाट झन् निखारे। नेपालमै ‘लक एण्ड रोल एमएमए’देखि ‘सोमा फाइट क्लब’सम्मको यात्रा रवीन्द्रले तय गरे । यी सबै यात्रामा दिविज रवीन्द्रलाई साथ दिनुका साथै व्यवस्थापन र लगानीको जिम्मेवारी लिए ।

रवीन्द्रको यो सफलताको जगमा दिविज पिया लामाको त्याग, परिश्रम र अडान लुकेको बताउँछन् अर्का सहयात्री सिसन बानियाँ । दिविज जस्तै सिसनले पनि रवीन्द्रलाई निरन्तर साथ र हौसला दिएका छन् । रवीन्द्रको फाइट हेर्न सिसन आफैं पनि भारतको दिल्ली पुगेका थिए । रवीन्द्रले जितेको बेल्ट उनै सिसनले बोकेर बाहिर ल्याए ।

‘रवीन्द्र ढाँटको सफलताका पछाडि कोचको अपूरणीय योगदान छ’, उनी भन्छन् । नेपालमा यतिखेर चर्चामा रहेका सफल व्यक्तित्वमध्ये एक हुन् रवीन्द्र ढाँट । यिनको सफलताको पछाडि रहेका व्यक्तित्वलाई लिएर सञ्चारकर्मी तथा सामग्री निर्माता सिसन बनियाँले सामाजिक सञ्जालमार्फत् भावुक भनाइ लेखेका छन् ।

‘मैले मेरो करियरमा हजारौँ मान्छेलाई प्रमोट र ब्रान्डिङ गरेको छु। त्यस क्रममा मानिसहरूको व्यवहार पनि बदलिन्छ । म आफैँ पनि त्यसबाट अछुतो छैन’, दिविज पियाबारे उनी भन्छन्, ‘तर, एउटा मात्रै व्यक्ति यस्तो छ, जसको व्यवहार कहिल्यै फेरिएन। सधैं यथार्थवादी, सधैं नडराउने।’

उनले रवीन्द्रले नेपालको गौरव बढाउने गरी जितेको खेलपछि प्रशिक्षक लामाको प्रशंसा गरेका छन् । ‘नेपालका लागि यो सम्पूर्ण गौरवका पछाडि यही मान्छे छन्। कोच, तपाईंको योगदानका लागि धन्यवाद!’, रवीन्द्रले उपाधि जितेपछि सामाजिक सञ्जालमा लेखेका छन् ।

सिसनले रवीन्द्र ढाँटको सफलताको मूल स्रोत प्रशिक्षक लामालाई मानेका छन् । उनकै प्रेरणादायी नेतृत्व र स्थिर व्यक्तित्वका कारण रवीन्द्रले यो सफलता पाएको सिसनले भनेका छन् ।

अन्य खेल प्रशंसकले पनि रवीन्द्रको सफलतामा दिविजको ठूलो भूमिका रहेको भन्दै प्रशंसा गरेका छन् । राज्यलेसमेत बेवास्ता गरेको एकजना प्रतिभालाई पहिचान गरेर लगानी गर्ने जोखिम उठाएकोमा दिविजप्रति धेरैले खुसी प्रकट गरेका छन् । अवसरलाई सदुपयोग गरेर आफूलाई विश्वमाझ उभ्याएकोमा रवीन्द्रलाई अहिले बधाई दिनेको ओइरो लागेको छ।

प्रतिभा चिन्न सक्ने आँखा, लगानी गर्ने आँट र सपना साकार पार्नका लागि निरन्तरको समर्पणसहितका गुणले दिविजलाई रवीन्द्रको पर्दा पछाडिका साँचो नायकका रुपमा स्थापित गरेको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले म्याट्रिक्स फाइट नाइट (एमएफए १७)मा बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत बान्टमवेट च्याम्पियन विजेता रवीन्द्रलाई शुभकामना दिएका हुन् ।

‘भारतका चोङ्गरेङ्ग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए १७) मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलोपटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई हार्दिक बधाई !’, उनले भनेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १ : १४ बजे

मुख्यसचिव अर्यालको चुनौती- विधेयक पास नभएसम्म ‘कुलिङ अफ पिरियड’विरूद्ध लागिरहन्छु

काठमाडौं– मुख्य सचिव एकनारायण अर्यालले संघीय निजामती सेवा विधेयक, २०८०

मधेसको खानेपानी समस्या समाधान गर्न ठोस योजना बनाइनेछ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि

रामहरिको बयान- कर्मचारीले ‘कुलिङ अफ पिरियड’ हटाइदिन भने, शिक्षामन्त्रीलाई आएको फोनले हस्ताक्षर रोकियो

काठमाडौं- राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफू

२८३३ अंकमा झर्‍यो नेप्से, कारोबार पनि १० अर्ब तल

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से

नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न संगठीत र संघन प्रयास जारी : अर्थमन्त्री 

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै