परराष्ट्रमन्त्रीले भनिन्- स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण  « Khabarhub

परराष्ट्रमन्त्रीले भनिन्- स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका महत्त्वपूर्ण 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली नागरिकको स्वास्थ्य सेवा प्रवाहमा नर्सहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताएकी छन् । 

महाराजगञ्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले चिकित्सकहरू सहजै उपलब्ध हुन नसकिरहेको नेपालजस्तो देशमा नागरिक स्वास्थ्यका प्रमुख आधारस्तम्भ नै नर्सहरू रहेका उल्लेख गरिन् ।  

मन्त्री डा राणाले भनिन्, ‘ग्रामीण बस्तीदेखि सहरका अस्पतालसम्म नै नर्सहरूको सेवा, समर्पण र बिरामीप्रतिको व्यवहार स्वास्थ्य प्रणालीको प्रमुख आधार बनेको छ । जनस्वास्थ्यको उपलब्धता र आधारभूत स्वास्थ्य सेवाका लागि नर्सहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको छ ।’

बिरामीको उपचार, उनीहरूको मनोबलमा वृद्धि, आपत्कालीन अवस्थामा सेवा र बिरामीहरूलाई परामर्श जस्तो नर्सिङ सेवाका कारण नै अहिले नेपाली नागरिकमा स्वास्थ्यमा पहुँच, मातृशिशु स्वास्थ्यमा सुधार तथा ग्रामीण क्षेत्रसम्म नै  स्वास्थ्य शिक्षाको सचेतना अभिवृद्धि भएको उनले बताइन् । 

मन्त्री डा राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकूल तालिम र प्राविधिक संसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । 

मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रूपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रूपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरूको यो भूमिका आवश्यक छ ।’

उनले नेपालमा ‘सेफ मदरहुड नेटवर्क’मार्फत मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेसालाई समयानुकूल सुविधा सम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् । 

मन्त्री डा राणाले नर्सिङजस्तो महत्त्वपूर्ण र संवेदनशील विषयका स्नातकहरूलाई आफ्नो अध्ययनलाई थप अब्बल र व्यावहारिक बनाउन एवं नरम व्यवहार तथा सेवामार्फत बिरामीहरूको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न सुझाव पनि दिइन्। 

नेपाली नर्सहरू विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरूले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरूको सख्त खाँचो छ ।’ रासस
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ४ : ०२ बजे

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य