एमालेका युवा नेताको प्रश्न- पार्टीमा युवा पुस्ता आकर्षित गर्ने कार्यक्रम खोइ ? « Khabarhub

एमालेका युवा नेताको प्रश्न- पार्टीमा युवा पुस्ता आकर्षित गर्ने कार्यक्रम खोइ ?


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेका प्रदेश कमिटी सदस्य एवम् युवा नेता विद्रोही गिरीले पार्टी विधान संशोधन गरि चुनाव हुने क्षेत्रका कमिटी कार्यकारी कमिटी बनाउनु पर्ने बताएका छन् ।

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठकमा बोल्दै युवा नेता गिरीले उक्त कुरा बताएका हुन् ।

‘अहिले कायम निर्वाचन क्षेत्रीय कमिटीलाई कार्यकारी बनाऔँ, जिल्ला कमिटीलाई समन्वयमा परिणत गरौँ’, उनले भने, ‘निर्वाचित हुने क्षेत्रलाई नेताहरूले कार्यथलो बनाउँदा पार्टी काम उठाउने परिस्थिति हुन्छ ।’

एमालेका ७ वटा भौगोलिक कमिटी अन्तर्गत सबै क्षेत्रहरूमा निर्वाचन हुन्छ । दईुवटा गैह्रभौगोलिक क्षेत्र संसदीय निर्वाचन नहुने कमिटीहरू हुन् ।

उनले प्रदेश सरकार गठन भएको एक वर्षमा उपलब्धि र कामबारे बैठकमा एजेन्डाका रूपमा आउनुपर्ने बताए । उनले प्रदेश सरकारको समीक्षा हुन जरूरी भएको बताए ।

‘पार्टी र संसदीय फाँट फरक हो जस्तो गरि गतिविधि गर्नु हुँदैन, त्यसले पार्टी र जनप्रतिनिधिबीचको समन्वय देखिन्न’, उनले भने, ‘जनप्रतिनिधिले पार्टीले सहयोग नगरेको, पार्टी नेतृत्वलाई संसदीय मोर्चाले नटेरेको जस्तो देखिएको छ, त्यो अन्त्य होस् ।’

विचारमा एकरूपता भए पनि कार्यशैलीमा नेताहरू कमिटीगत प्रणालीलाई बेवास्ता गरेर चल्दा कार्यकर्तामा उत्साह नदेखिएको उनले बताए ।

नेताहरू कमिटीगत प्रणालीमा चल्न  जरूरी भएको उनले बताए । ‘नियमित कामलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने स्थिति किन बन्यो ? समीक्षा होस्’, उनले भने ।

युवा पुस्तालाई राजनीतिमा आकर्षण गर्ने कार्यक्रम तल्लो तहमा नआएका उनले बताए । ‘जनसंगठनलाई  कामकाजी बनाउनु पर्छ । केन्द्रीय कमिटी दुई अंक र प्रदेश कमिटी ५१ र मातहतका कमिटीको आकार त्यसैगरि घटाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : १३ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा