गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन « Khabarhub

गोंगबुमा भेटियो चार करोड २५ लाख नगद र नौ किलो सुन


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगद, नौ किलो आठ सय ३७ दशमलब ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद भएको हो।

यो रकम र धातु कसको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

बोहरा भन्छन्, “श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो।”

काठमाडौं उपत्यका प्रहरी र जिल्ला प्रहरी परिसरको टोलीले मंगबालर दिउँसो छापा हानी नगद र सुनसहित श्रेष्ठलाई पक्राउ गरेको हो।

उनले लुकाएको पैसा र गहना संकलन गर्न प्रहरीलाई दिनभर लागेको थियो। प्रहरीले मेसिन नै लगेर पैसा गनेको थियो। प्रहरीको सूचनामा श्रेष्ठले सुन धरौटी राखेर मिटरब्याजमा पैसा लगानी गर्दै आएका थिए।

प्रहरीले अनुसन्धान बाँकी हरेको भन्दै यो विषयमा थप विवरण दिएको छैन।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ६ : ११ बजे

म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो

म्याग्दी– यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस

चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी – चीनले दक्षिणी टापु प्रान्त हैनानको वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

खालिदा जियालाई राजकीय बिदाइ

ढाका– बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्