चीनले देखायो अमेरिकासम्म हान्न सक्ने मिसाइल : ‘भिक्ट्री डे’ परेडमा माओजस्तै पोशाकमा सजिएर निस्किए राष्ट्रपति सी « Khabarhub

चीनले देखायो अमेरिकासम्म हान्न सक्ने मिसाइल : ‘भिक्ट्री डे’ परेडमा माओजस्तै पोशाकमा सजिएर निस्किए राष्ट्रपति सी


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- दोस्रो विश्वयुद्धमा जापान पराजित भएको ८० वर्ष पुगेको अवसरमा बुधबार चीनले ‘भिक्ट्री डे’ परेड आयोजना गरेको छ।

राष्ट्रपति सी चिनफिङले राजधानी बेइजिङको तियानआनमेन स्क्वायरमा परेडको सलामी लिए। उनको सम्बोधनपछि चिनियाँ जनमुक्ति सेनाले विशाल सैन्य परेड प्रदर्शन गरेको छ।

राष्ट्रपति सीले चीन कसैको धम्कीबाट नडराउने र सधैँ अघि बढिरहने बताए। उनले जनतालाई इतिहास सम्झन र जापानविरुद्ध लड्ने सैनिकप्रति सम्मान व्यक्त गर्न आह्वान गरे।

मिसाइल र सैन्य शक्ति प्रदर्शन

बीबीसीका अनुसार परेडमा हाइपरसोनिक ग्लाइड भेइकल, वाईजे-२१ एन्टि–शिप क्रुज मिसाइल र जेएल-३ पनडुब्बीबाट प्रक्षेपण हुने ब्यालिस्टिक मिसाइल प्रदर्शन गरिएको छ।

त्यस्तै, अमेरिकासम्मलाई निशाना लगाउन सक्ने क्षमता भएको डीएफ-फाइभ सी आणविक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइलको नयाँ भर्सन सिक्स एफ पनि देखाइएको छ ।

परेडका क्रममा राष्ट्रपति चिनफिङले माओ शैलीको सुट लगाएर ‘रेड फ्ल्याग’ लिमोजिनको खुला छतबाट उभिएर परेड निरीक्षण गरे।

परेडमा १०० भन्दा बढी हतियार, ४५ भन्दा बढी सैन्य टुकडी र सयौँ विमान सहभागी थिए। सबै हतियार स्वदेशी उत्पादनका हुन, जसले चीनको सैन्य क्षमता र प्रविधि देखाउँछ।

बेइजिङको आकाशमा हेलिकप्टरहरूले ‘८०’ को आकृति बनाउँदै उडान भरेका थिए जसले दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको स्मरण गरायो।

परेडमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङमा थिए । उत्तर कोरियाली नेता किम जोङ–उन आफ्नी छोरी किम जू–ए सँगै चीन पुगेका थिए। जू–एलाई किमको उत्तराधिकारी मानिन्छ।

यसअघि नै चिनफिङसँग रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित २५ देशका नेताहरू मञ्चमा देखिएका थिए।

रिपोर्ट अनुसार यो परेडमार्फत बेइजिङले आफू अमेरिकाको विकल्प बन्ने क्षमता राख्ने र गैरपश्चिमी मुलुकहरूको नेतृत्व गर्न सक्ने सन्देश दिएको छ।

यो परेडमा भारतका छिमेकी मुलुकबाट पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेनापति असीम मुनीर, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु परेडमा उपस्थित थिए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ११ : ४१ बजे

काठमाडौँमा शासन गरेका यलम्बरको सालिक राजधानी बाहिर किन ?

नेपालको राजनीतिक इतिहासमा प्रारम्भिक चरणका धेरै ऐतिहासिक विवरणहरु अझै पनि

सञ्चारमन्त्रीको एक महिना : ११ हजार सट्टेबाजी एप बन्द

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारको १०० बुँदे

कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौँ– सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याउने

ओमानविरुद्ध पहिला बलिङ गर्दै नेपाल, गुल्सन झा प्लेइङ–११ मा

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत अहिले जारी हुने खेलमा

हुरी तथा चट्याङसहितको वर्षाले हिउँदे बालीमा क्षति

गण्डकी– पोखरामा केही दिनयता आएको हुरी तथा चट्याङसहितको वर्षाले हिउँदेबालीमा