किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो « Khabarhub

किमकी छोरी पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा, उत्तराधिकारी बनाउने अड्कल झन् बलियो


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनको ‘भिक्ट्री डे’ सैन्य परेडमा सहभागी हुन उत्तर कोरियाली नेता किम जोङ छोरी किम जू–एलाई साथमा लिएर बेइजिङ पुगेका छन्।

यसले चिनियाँ राष्ट्रपति सी चिनफिङको आमन्त्रणमा बेइजिङ पुगेका किमले छोरीलाई आफ्नो उत्तराधिकारीका रूपमा तयार पारिँदै गरिएको अड्कल बलियो भएको छ।

अर्कातिर किम जोङ्ग उनकी बहिनी पनि पनि चिनियाँ सेनाको परेडमा भाग लिन पुगेकी थिइन् । उत्तर कोरियाका नेता किमकी बहिनी किम यो जोङ्ग पनि बेइजिङमा आयोजित सैन्य परेडमा उपस्थित भइन् ।

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा आर्मर ट्रेनबाट बाबुसँगै बेइजिङ झरेकी जू–एलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका थिए । किमले छोरीलाई पहिलो पटक अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका हुन् ।

जू–ए हाल किशोरी उमेरमै रहेको बताइएको छ । उनको नाम र उमेरबारे उत्तर कोरियाले आधिकारिक रूपमा पुष्टि गरेको छैन।

तर उनले पछिल्ला वर्षहरूमा आफ्ना बुबाको दर्जनौँ कार्यक्रम, मिसाइल परीक्षणदेखि भन्सानको ‘कल्मा रिसोर्ट’ उद्घाटनसम्ममा साथ दिँदै आएकी छिन्।

सन् २०१३ मा अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यानले प्योङयाङ भ्रमणका क्रममा जू–एलाई काखमा लिएको दाबी गरेका थिए । उनले नै पहिलो पटक उनको अस्तित्वबारे बाहिरी संसारलाई थाहा दिएका थिए।

सन् २०२२ मा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रक्षेपण कार्यक्रममा सार्वजनिक देखिएपछि उनी राज्य नियण्त्रित मिडियामा नियमित छायन् । त्यसयता उनी बुवाको ‘सम्मानित छोरी’ भनेर सम्बोधन हुँदै आएकी छन्।

दक्षिण कोरियाको गुप्तचर एजेन्सीका अनुसार किम जोङ–उन र उनकी पत्नी री सोल–जूका तीन सन्तान छन् । जसमा सन् २०१० मा जन्मेका छोरा, २०१३ मा जन्मेकी छोरी (सम्भवतः जू–ए) र २०१७ मा जन्मिएको तेस्रो सन्तान जसबारे केही खुलाइएको छैन ।

विश्लेषकहरूले जू–एलाई अन्तर्राष्ट्रिय मञ्चमा देखिनु, विदेशी नेताहरू र उच्च वर्गसँग भेटघाट गर्नुजस्ता व्यवहारिक दिलाएर उत्तराधिकारी बनाउने सम्भावना बलियो रहेको टिप्पणी गरेका छन्।

स्टिम्सन सेन्टरका उत्तर कोरिया विज्ञ माइकल म्याडनले भने, ‘अहिलेसम्म जू–ए नै अगाडि छन्। उनी आगामी नेता वा सत्ता संरचनामा प्रमुख पात्र बन्ने तयारी गरिरहेकी छन्।’

हाल ४१–४२ वर्षको अनुमान गरिएको किम जोङ–उन स्वास्थ्यका हिसाबमा स्थिर देखिएका छन्। तर उनको अनुपस्थितिमा उत्तराधिकारीबारे चासो निरन्तर उठ्दै आएको छ।

किम जोङ उनकी बहिनी किम यो जोङ्ग ।

सन् २०२४ मा दक्षिण कोरियाली गुप्तचर निकायले पनि जू–एलाई उत्तराधिकारी बनाउन तयारी भइरहेको विश्वास व्यक्त गरेको थियो।

तर कहिले र कसरी सत्ता हस्तान्तरण हुन्छ भन्ने अझै अनिश्चित छ। विशेषगरी, उत्तर कोरियाली सैन्य र पार्टी नेतृत्व महिला नेतृ स्वीकार गर्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न बाँकी नै छ ।

तर पछिल्ला महिनामा उनले सैन्य कार्यक्रममा मात्र नभई राजनीतिक र आर्थिक कार्यक्रममा समेत सहभागिता बढाएकी छन्। यसले उनलाई उत्तर कोरियाको सम्भावित पहिलो महिला सर्वोच्च नेतृका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको संकेत दिन्छ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : ०८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००