टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा  « Khabarhub

टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा 


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिंग कन्सर्नलाई डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम उद्घाटन गरेको छ । 

मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदीका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल, जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्तरुपमा समुद्घाटन गरेका हुन् । साथै उक्त समारोहमा  स्थानीय समुदाय, व्यावसायिक प्रतिनिधि र ग्राहकहरूको पनि उपस्थिति थियो ।
 
नयाँ शोरूममार्फत अब सुदूरपश्चिम क्षेत्रभरका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू-टाटा टियागो.ईभी, पञ्च.ईभी, नेक्सनके३.ईभी र कर्भ.ईभी-सजिलै खरिद गर्न सक्नेछन् । 

त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टाटाका टियागो, पंच, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।   

जीएआरएस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशकपाण्डेले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं ।’

‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं ।, ‘सिप्रदीका सिनियर म्यानेजर ढुंगेलले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ४ : ५१ बजे

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद

अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को