शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड « Khabarhub

शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप गर्न नहुने बताएका छन् ।

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको ३९औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा राजनीति गर्न नहुने उल्लेख गरे ।

तनहुँ क्षेत्र नं २ बाट निर्वाचित सांसदसमेत रहेका भण्डारीले शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बर्ता । भण्डारीले नयाँ शिक्षा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेकाले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्नेमा जोड दिए ।

समुदायस्तरबाट सञ्चालित आदिकवि भानुभक्त क्याम्पसले यस क्षेत्रको शैक्षिक उन्ननयमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमान, अशोककुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले शिक्षा क्षेत्रको विकासका लागि सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

सो क्याम्पसमा हाल तीन हजार १०० विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ९ : १० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले