भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण « Khabarhub

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

माेदी भन्छन् - 'आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ'


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ।

सीएमएस-०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु-ब्यान्ड’ सञ्चार उपग्रह हो।

सन् २०४० सम्ममा भारतीय अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने चाहनामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपग्रह प्रक्षेपणपछि भने, “हाम्रो अन्तरिक्ष क्षेत्रले हामीलाई गौरवान्वित बनाइरहेको छ।”

उनले भनेका छन्, “भारतको सबैभन्दा भारी संचार उपग्रह सीएमएस-०३ को सफल प्रक्षेपणमा इसरोलाई बधाई छ। हाम्रा अन्तरिक्ष वैज्ञानिकहरूद्वारा भएको यो कार्य प्रशंसनीय छ ।”

इसरोका अध्यक्ष भी नारायणनले अन्तरिक्ष यानको प्रक्षेपणपछि सीएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएको बताएका छन् ।

उनले भने, “म इसरोको सम्पूर्ण टीम र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ ।”

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस-०३ उपग्रह बहु-ब्यान्ड सञ्चार उपग्रह हो।

भारतीय नौसेनाले यो भू-उपग्रहले जहाज, विमान र पनडुब्बीबीच सञ्चार सम्पर्क सुरक्षित गर्न मद्दत गर्ने बताएको छ।

सीएमएस-०३ उपग्रहलाई ४३.५ मिटर (१४३ फिट) अग्लो एलभीएमथ्री-एम-फाइभ प्रक्षेपण यानबाट कक्षमा पठाइएको हो।

यो रकेटको उन्नत संस्करण हो जसले सन् २०२३ अगस्टमा चन्द्रमामा अवतरण गरेको भारतको मानवरहित यान प्रक्षेपण गरेको थियो। (रासस/एएफपी)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : १९ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका