भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण | Khabarhub Khabarhub

भारतले गर्‍यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण

माेदी भन्छन् - 'आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ'


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सीएमएस-०३ नामक भारी सञ्चार उपग्रहको सफल प्रक्षेपण गरेको छ।

सीएमएस-०३ उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट साँझ ५:२६ बजे प्रक्षेपण गरिएको थियो भने यसको वजन चार हजार ४०० किलोग्राम रहेको र यो भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो । यो उपग्रह ‘बहु-ब्यान्ड’ सञ्चार उपग्रह हो।

सन् २०४० सम्ममा भारतीय अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पठाउने चाहनामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उपग्रह प्रक्षेपणपछि भने, “हाम्रो अन्तरिक्ष क्षेत्रले हामीलाई गौरवान्वित बनाइरहेको छ।”

उनले भनेका छन्, “भारतको सबैभन्दा भारी संचार उपग्रह सीएमएस-०३ को सफल प्रक्षेपणमा इसरोलाई बधाई छ। हाम्रा अन्तरिक्ष वैज्ञानिकहरूद्वारा भएको यो कार्य प्रशंसनीय छ ।”

इसरोका अध्यक्ष भी नारायणनले अन्तरिक्ष यानको प्रक्षेपणपछि सीएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएको बताएका छन् ।

उनले भने, “म इसरोको सम्पूर्ण टीम र सबै साझेदारहरूलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतका लागि अर्को गौरव ल्याएको छ ।”

इसरोका अनुसार आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस-०३ उपग्रह बहु-ब्यान्ड सञ्चार उपग्रह हो।

भारतीय नौसेनाले यो भू-उपग्रहले जहाज, विमान र पनडुब्बीबीच सञ्चार सम्पर्क सुरक्षित गर्न मद्दत गर्ने बताएको छ।

सीएमएस-०३ उपग्रहलाई ४३.५ मिटर (१४३ फिट) अग्लो एलभीएमथ्री-एम-फाइभ प्रक्षेपण यानबाट कक्षमा पठाइएको हो।

यो रकेटको उन्नत संस्करण हो जसले सन् २०२३ अगस्टमा चन्द्रमामा अवतरण गरेको भारतको मानवरहित यान प्रक्षेपण गरेको थियो। (रासस/एएफपी)

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : १९ बजे

बलबहादुरको प्रस्ताव: कांग्रेसका सबै समिति विघटन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका नेता बलबहादुर केसीले पार्टीमा विवाद कायम रहे

खेलकुद तथा व्यापार महोत्सवमा ‘लण्डन ब्रिज’को रौनक

चितवन – चितवनको नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत्

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन्

चीनको ब्याट्री उद्योगमा तीव्र वृद्धिः बिक्री ४८.९ प्रतिशतले बढ्यो

चेंग्दु – चीनको ब्याट्री उद्योग यस वर्षको पहिलो तीन महिनामा