बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध « Khabarhub

बाढीपहिरोले पाँच राजमार्ग अवरुद्ध


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढीपहिरोका कारण मुलुकका पाँच राजमार्ग अझै अवरुद्ध छन् ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले वर्षाका कारण पाँच राजमार्ग पूर्णरुपमा अवरुद्ध तथा दुई राजमार्ग एकतर्फी सञ्चालनमा आएका जानकारी दिए । 

सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल–चीन जोड्ने राजमार्ग, रसुवास्थित पासाङ  ल्हामु सडक र मुस्ताङमा पर्ने जोमसोम–कोरोला सडकखण्ड अवरुद्ध छन् ।

यस्तै, बाढीपहिरो जाँदा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १२ : ४८ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको