जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो « Khabarhub

जेन-जी आन्दोलनसहितको तीन महिना : चालु खर्च बढ्दा आयकर र पुँजीगत खर्च घट्यो


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलन भएको डेढ महिना समय बितिसक्दा पनि कतिपय सरकारी निकायहरू अझै पनि निरन्तरतामा सञ्चालन हुन सकेका छैनन् । 

जसले गर्दा चालु आर्थिक वर्ष (आव) को साढे तीन महिनामा राज्यको औसत आर्थिक क्रियाकलाप गत आवको सोही अवधिको तुलनामा प्रभावित भएको तथ्यांकले देखाउँछ ।

अर्थ मन्त्रालयले आइतबार प्रकाशित गरेको तीन महिनाको तथ्यांकले समीक्षा अवधिमा सरकारको आयकर र गैरकर राजस्व आम्दानीमा नकारात्मक प्रभाव परेको छ । 

त्यस्तै, पुँजीगत खर्चमा गत आवको सोही अवधिको तुलनामा ठूलो प्रभाव परेको छ ।

राजस्व आय ०.३२ प्रतिशतले मात्रै बढ्यो

महालेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारले असोज १६ गतेसम्म चालु आवको लक्षित आयको १८.४३ प्रतिशत मात्रै आय गरेको छ ।

अर्थात् सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब आम्दानीको लक्ष्य राखेकोमा असोज १६ गतेसम्म २ खर्ब ७२ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार असोज मसान्तसम्म सरकारले भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र शिक्षा सेवा शुल्क शिर्षकका आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा वृद्धि गरेको छ ।

तर, सो अवधिमा आयकर र अन्य राजस्व (गैरकर) शिर्षकमा हुने आम्दानीमा भने गिरावट आएको छ ।

मन्त्रालयका अनुसार असोज मसान्तसम्म सरकारले अघिल्लो आवको सोही अवधिको तुलनामा भन्सार महसुल ९.३९, मूल्य अभिवृद्धि कर ८.१८, अन्तःशुल्क १९.६५ र शिक्षा सेवा शुल्क तथा अन्य आय ३८.१९ प्रतिशतले वृद्धि गरेको छ । 

तर, सो अवधिमा आयकर ९.०२ र अन्य राजस्व (गैरकर) ४८.४८ प्रतिशतले गिरावट आएको छ ।

पुँजीगत खर्च निकै कमजोर

चालु आवको असोज १६ गतेसम्म सरकारको चालु खर्च र वित्तीय व्यवस्थापन खर्चको तुलनामा पुँजीगत खर्च भने कमजोर बन्न पुगेको छ । 

असोज १६ गतेसम्म सरकारले चालु खर्चतर्फ विनियोजित बजेटको २३.५३ प्रतिशत खर्च गरेको छ भने वित्तीय व्यवस्थापनतर्फ ३१.३४ प्रतिशत खर्च गरेको छ । 

तर, सो अवधिमा सरकारले पुँजीगत खर्च भने जम्मा ५.०१ प्रतिशत मात्रै गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

गत आवको सो अवधिसम्म सरकारले चालु, वित्तीय व्यवस्थापन र पुँजीगत खर्चतर्फ क्रमशः २३.१७, २३.३३ र ९.२४ प्रतिशत खर्च गरेको थियो । 

गत आवको तुलनामा चालु आवमा चालु खर्च र वित्तीय व्यवस्थापन खर्चमा वृद्धि भए पनि पुँजीगत खर्च भने झण्डै आधाले घटेको तथ्यांकले देखाएको छ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ५० लाख नाघ्यो

अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज महिनासम्म नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने व्यक्तिको संख्या ५० लाख ४६ हजार ४६६ पुगेको छ । 

साथै, सो अवधिसम्म २० लाख ८८ हजार ७११ जनाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने ३६ हजार ३६८ जनाले डब्लु पान नम्बर लिएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : १७ बजे

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

मस्को – मस्को र वरपरको क्षेत्रमा भएको युक्रेनी ड्रोन आक्रमणमा

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

गुजरात – पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

झापा – झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा