महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता) « Khabarhub

महाधिवेशन नगरी निर्वाचनमा गए कांग्रेसलाई जनताले पत्याउँदैनन् : प्रदीप पौडेल (अन्तर्वार्ता)

सभापतिले कार्यवाहक दिएर पनि गाँठो अड्काउनु भयो



काठमाडौं- नेपाली कांग्रेसमा अहिले संस्थापन पक्ष र इतरबीच ठूलो द्वन्द्व छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थान पक्ष फागुन २१ गतेको निर्वाचनअगाडि पार्टीको नियमित महाधिवेशन गर्ने पक्षमा छैन। तर इतर पक्ष भने निर्वाचनअगाडि नै महाधिवेशन हुनुपर्ने अडानमा छ। यी दुई पक्षबीच कुरा नमिल्दा कार्यतालिका पनि सार्वजनिक हुन सकेको छैन। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यतालिका सार्वजनिक गर्ने पक्षमा छन् । उनीहरूले नेता डा. शेखर कोइरालासँगको वार्तापछि गोजीमा कार्यतालिका बोकेर हिँडिरहेका छन् । यद्यपि सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने दाबी केन्द्रीय सदस्य प्रदीप पौडेल गर्छन्। उता कांग्रेस प्रवक्ता डा. प्रकाशरण महत कार्यतालिका र निर्वाचन अगाडि नै महाधिवेशन दुवै सान्दर्भिक नभएको बताउँ छन्। कार्यवाहक सभापति खड्का पनि निर्वाचन अगाडि महाधिवेशनको पक्षमा छैनन् । खबरहबसँगको कुराकानीमा केन्द्रीय सदस्य पौडेल काङ्ग्रेसले निर्वाचन अगाडि नै नियमित महाधिवेशन गर्न नसके चुनावमा कुन अनुहार र ऊर्जा लिएर जाने प्रश्न गर्छन् । पौडेल सभापति शेरबहादुर देउवाले पूर्णबहादुरलाई कार्यवाहक दिए पनि नियमित समयमै महाधिवेशन गर्ने अनुमति नदिनु गलत रहेको बताउँछन्। सभापतिले मार्ग प्रशस्त गर्दा कांग्रेसले नियमित महाधिवेशन गर्ने प्रक्रिया अगाडि नबढाए गल्ती हुने पौडेल बताउँछन् । यसै सन्दर्भमा केन्द्रीय सदस्य पौडेलसँग खबरहबले पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसमा दुई पक्षको कलहले विभाजनकै रेखा कोरे जस्तो देखियो । तपाईंहरूले भने जस्तै निर्वाचनअगाडि महाधिवेशन होला त ?

महाधिवेशन हुने नुहने कुरा टुङ्गो लागिसकेको होइन । छलफल र कुराकानी भइरहेको छ । हामी अझै आशावादी छौँ । महाधिवेशन नहुने भन्दा फागुन २१ कि पछाडि भन्ने मुख्य कुरा हो । हामीले निर्वाचन अगाडि नै महाधिवेशन गर्न खोजेको हो । हामी निर्वाचनअगाडि नै गर्ने योजनामा छौँ । किनकि निर्वाचनभन्दा पछि लाँदा विशेष महाधिवेशन अनिवार्य हुन्छ । विशेष महाधिवेशनको अवस्था आउन नदिन निर्वाचनअगाडि नै नियमित महाधिवेशन हुन्छ जस्तो लाग्छ मलाई ।

किन हतारमा महाधिवेशन गर्नुपर्छ भन्नुभएको तपाईंहरूले ?

पार्टी विधानको बाध्यकारी व्यवस्था हामी अनुसार जानुपर्छ । नेपाली जनताले चाहेको त नयाँ नेतृत्व हो । जेन-जीले चाहेको मुद्दा नेतृत्व हस्तान्तरण हो । नयाँ नेतृत्व ल्याउने प्रकृया महाधिवेशन हो । कार्यकाल सकिएको अवस्थामा महाधिवेशन अनिवार्य हुन्छ । नेतृत्व परिवर्तन र नीति स्पष्ट बनाउने अवसर पनि उपयोग नगरेको जस्तो देखिन्छ । निर्वाचन भनेको जनताबीच जाने हो । यो अवस्थामा उनीहरूले खोजेअनुसारको कुरा सम्बोधन गर्‍यो भने मात्रै पत्याउँछन् । उनीहरूका विषय र गुनासा सम्बोधन नगरी निर्वाचनमा जाँदा विश्वास गर्ने अवस्था हुँदैन । त्यहीकारण निर्वाचन अगाडि पार्टी महाधिवेशन गरौँ भनेका हौँ।

तपाईंहरूले भने जस्तै तत्काल महाधिवेशन नभए पार्टीलाई निर्वाचन फेस गर्न गाह्रो हुन्छ हो ?

महाधिवेशन भएन भने के अनुहार र ऊर्जा लिएर जनतामा जाने ? पुरानै अनुहारमा जाँदा जनतालाई कांग्रेसमा भोट दिऊँ–दिऊँ जस्तो लाग्छ र ? ऊर्जाबिना जनताले पत्याउँदैनन्। महाधिवेशन गरेर गए जनता कन्भिन्स गर्न सकिन्छ । नयाँ ऊर्जाबिना जाँदा जनतालाई मात्रै होइन, कार्यकर्तालाई कांग्रेसमा भोट दिन मन लाग्दैन। झन् अहिले त नयाँ पार्टीहरूको चर्चा छ । उनीहरूमा नयाँ ऊर्जा छ । हामीसँग के छ ?

महाधिवेशनको सन्दर्भलाई लिएर किन संस्थापन र इतरबीच कुरा नमिलेको होला ? कार्यवाहक सभापतिको मनसाय त निर्वाचनपछि महाधिवेशन गर्ने देखियो ?

कार्यवाहक सभापति सहमत हुनुहुन्न भन्ने होइन । उहाँले पुलको मात्रै काम गर्ने हो । उहाँ कता हुनुहुन्छ भन्ने भन्दा पनि निर्णायक भएर छलफल चलाउने हो । उहाँ न्यूट्रल हुनुपर्छ । तर अन्य नेताले निर्वाचन अगाडि महाधिवेशन गर्दा एकमत हुँदैन, निर्वाचनमा असर गर्ने पनि बताउनुभएको छ। कांग्रेसका बहुसङ्ख्यक साथीहरूले महाधिवेशन गर्दा मात्रै फाइदा हुन्छ भन्नुभएको छ । यो कुरा सबैलाई बुझाउन सक्नुपर्छ । व्यक्तिको स्वार्थको पूरा गर्ने विषय होइन महाधिवेशन । कांग्रेसले व्यक्तिको भन्दा विधिको कुरा गर्नुपर्छ । यो समूहको धारणा दिने कुरा भन्दा आमकार्यकर्ता र जनताले के कुरा खोजेका छन् ? उनीहरूको भावना समेट्ने कुरा हो ।

फाइल तस्वीर ।

सभापति शेरबहादुर देउवा निर्वाचनअगाडि महाधिवेशन नगर्न आदेश दिएर उपचारमा जानुभएको हो ?

यो मुद्दा चाहिँ पहिलाकै हो । तर, सभापतिले १५ औँ महाधिवेशन नियमित समयभित्र गर्ने गरी कार्यवाहक दिएको भन्नु भएन यो गलत हो । उहाँले छाड्नु भयो तर धेरै गाँठो अड्काएको जस्तो गर्नुभयो । गाँठो जीवितै राखेर जानुभयो । उहाँले छाडेर मार्ग प्रशस्त गर्दा पनि प्रक्रिया अगाडि लान नसके हाम्रो पनि गल्ती हुन्छ । यहाँ कार्यकाल नसकिएका दलले अधिवेशन घोषणा गर्ने तर कार्यकाल सकिएको दलले अधिवेशन घोषणा नगर्ने भएको छ । कार्यकाल सकिएपछि नियमित महाधिवेशन नगर्ने कुरा शोभनीय हुँदैन । यस मामिलामा हामीलाई कसैले निर्णय गर्न दिएन भन्दा पनि अझै कोसिस गरिरहेका छौँ, र सफल हुन्छौँ ।

यहाँहरूले जबरजस्ती गरेर निर्वाचनको कार्यतालिका घोषणा गर्न लाग्नुभएको हो ?

कसैले गर्ने र नगर्ने भन्ने कुरा हुँदैन । गर्न मिल्ने र नमिल्ने कुरा मात्रै हुन्छ । विधानको व्यवस्था जे छ, त्यसको व्यवस्थाको आधारमा हामीले निर्णय गर्ने हो । जबरजस्ती गर्ने कुरा हुँदैन । वैधानिक व्यवस्था जे छ, त्यसअनुसार अगाडि बढ्छौँ ।

कसरी अगाडि जान्छ त कांग्रेस ?

कार्यतालिका आउँछ । सोमबारको बैठकपछि कार्यतालिका आउँछ ।

आएन भने ?

कार्यतालिका पास गर्ने विषय सर्वसम्मत छ । तर खाली निर्वाचन अगाडि कि पछि भन्ने मात्रै विवाद हो ।

उसो भए निर्वाचनभन्दा अगाडि महाधिवेशन हुन्छ ?

हाम्रो प्रयास हुन्छ । रोकिँदैन । यदि कांग्रेस एककृत भएर जानेभए पास हुन्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : २१ बजे

पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पतालमा भर्ना

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि

रसुवागढी नाकास्थित ‘बेलिब्रिज’ निर्माणमा चिनियाँ पक्षको प्राथमिकता

रसुवा– नेपाल–चीन जोड्ने रसुवागढीस्थित नाकामा निर्माणाधीन बेलिब्रिज तयारीको कामले तीव्रता

सुमनराज अर्याल बने मुख्यसचिव

काठमाडौं- सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ। एकनारायण

सुदूरपश्चिमका जोश ब्राउन गोल्डेन डक आट, सोमापलले लिए विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्धको

चितवनमा थपिए २२ हजार मतदाता

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि