फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित « Khabarhub

फिलिपिन्समा सुपर टाइफुन हाइयानका कारण हजारौँ विस्थापित


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सका तटीय प्रान्तहरूमा सुपर टाइफुन हाइयानको कारण सोमबार हजारौंलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ ।  
राष्ट्रिय मौसम विभागका अनुसार टाइफुन १५० किलोमिटर प्रति घण्टासम्मको गतिका साथ आउने अनुमान गरिएको छ ।

सन् २०१३ मा सुपर टाइफुन हाइयानले छ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको  बताउँदै विपद् अधिकारी रोएल मोन्टेसाले प्रभावित क्षेत्र “पालो र तानाउनमा निकासी जारी रहेको बताएका छन् । 

नागरिक सुरक्षा अधिकारी र्यान्डी निकार्टका अनुसार छिमेकी सामार टापुमा आइतवार देखि हजारौं बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।  स्थानीय सरकारहरूले गुइआनमा तिव्र निकासी गरिरहेका छन्, जहाँ आँधीले अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।  

फिलिपिन्स प्रत्येक वर्ष औसत २० वटा आँधीबेहरी र टाइफुनको चपेटामा पर्ने गरेको जनाइएको छ ।  फिलिपिन्सका मौसम विभागका विशेषज्ञ चार्माइन वरिल्लालाई उदृत गर्दै एएफपीले डिसेम्बरको अन्त्यसम्ममा कम्तिमा “तीन देखि पाँच वटा थप आँधीबेहरीको सम्भावना रहेको जनाएको छ ।   

डिनागट टापु प्रान्तको लेइटको दक्षिणमा १० देखि १५ हजार मानिसहरूलाई पहिले नै सुरक्षित क्षेत्रमा सारिएको गभर्नर निलो डेमेरीले बताएका छन् ।  

विपद् अधिकारी जोय कोनालेसले दिनगतको लोरेटो सहरका बासिन्दाहरूलाई सुरक्षाका लागि उच्च स्थानमा खाली गर्न भनिएको बताए। वैज्ञानिकहरूले मानव–सञ्चालित जलवायु परिवर्तनका कारण आँधीबेहरी अझ शक्तिशाली हुँदै गएको चेतावनी दिएका छन् । मध्य र पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरमा सामान्यतया धेरै सङ्ख्यामा चक्रवातहरू आउने गरेको भेरिलाले बताए ।  

सेप्टेम्बरमा फिलिपिन्समा सुपर टाइफुन रागासासहित दुईवटा ठूला आँधी आउँदा  छिमेकी ताइवानमा १४ जनाको मृत्यु भएको थियो । 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : १७ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९