मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत « Khabarhub

मन्त्री कुलमानको स्पष्टीकरण- राजीनामा दिन लागेको कुरा गलत


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा ऊर्जा, खानेपानी र सिँचाइ मन्त्रालयसहित तीनवटा जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्ने भनाइ अस्वीकार गरेका छन्।

राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।

उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।’

घिसिङले हालको अन्तरिम सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको स्मरण गराउँदै जनताको आशा र विश्वास पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। 

उनले भने, ‘तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : ४५ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता