एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने « Khabarhub

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।

देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।

एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।

एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ । उनले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक-एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताए।
 
अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उनको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।

एमालेले महाधिवेशनका लागि प्रतिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ६ : २२ बजे

केप भर्डेका गोलकिपर भोजिन्हाको चिलीमा भव्य स्वागत

काठमाडौँ – फिफा विश्वकपमा देशलाई ऐतिहासिक सफलता दिलाएका केप भर्डेका

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन