यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित) | Khabarhub Khabarhub

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो ।

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सरकारले काठमाडौँको कीर्तिपुर नगरपालिका–२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका–११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका–४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका–११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका–५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–८ का उमेश महतलाई सहिद घोषणा गरेको हो ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका–४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका–७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका–१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका–१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका–७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका–८ का मिलन राय र तीनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् ।

सरकारले धनकुटाको पाख्रिबास नगरपालिका–२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका–१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका–२ का लच्छुमान राई र तादी गाउँपालिका–३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका–५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका–८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका–४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका–३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका–१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका–६ का निरज पन्त र शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो ।

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका–२२ का साजन राई र इटहरी उपमहानगरपालिका–१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका–२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका–११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका–५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । .

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ३५ बजे

हात्ती परिचालन गरेर बाघको खोजी

बाँके– बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुबाट हुनसक्ने आक्रमणबाट

उद्योगीले २८ किस्ता मध्ये १ किस्ता धरौटी बुझाएपछि लाइन जोडिने : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड फिडर

पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लिमा– पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा पुगे ऊर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु

चितवन– देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र