यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित) « Khabarhub

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको आन्दोलनमा मृत्युवरण गरेका मध्ये ४५ जनालाई गृह मन्त्रालयको प्रस्तावमा सहिद घोषणा गरेको हो ।

सो आन्दोलनमा प्रदर्शनकारी, कैदीबन्दी र अन्य गरी ७२ भन्दा बढीको मृत्यु भएको थियो । सरकारले यसअघि जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

सरकारले काठमाडौँको कीर्तिपुर नगरपालिका–२ का बुद्धिबहादुर तामाङ र काठमाडौँ महानगरपालिका–११ का ईस्वतबहादुर अधिकारी, उदयपुरको बेलका नगरपालिका–४ का सन्तोष विश्वकर्मा, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ र आयुष थापा, मोरङको बेलबारी नगरपालिका–११ का श्रीयम चौलागाईँ, कैलालीको धनगढी उपमहानगरपालिका–५ का गौरव जोशी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ का योगबहादुर श्रेष्ठ र चौतारा साँगाचोकगढी नगरपालिका–८ का उमेश महतलाई सहिद घोषणा गरेको हो ।

यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१२ का असहाव आलम ठकुराई, बागलुङको बालगुङ नगरपालिका–४ का सौरनकिशोर श्रेष्ठ, बझाङको खप्तडछान्ना गाउँपालिका–७ का सुभाषकुमार बोहरा र दुर्गाथली गाउँपालिका–१ का भीमराज धामी, काभ्रेपालञ्चोकको पनौती नगरपालिका–१० का रसिक खतिवडा खत्री र तेमाल गाउँपालिका–७ का दिलनारायण तामाङ, ललितपुरको ललितपुर महानगरपालिका–७ का विनोद महर्जन, सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का योगेन्द्र न्यौपाने, दुधौली नगरपालिका–८ का मिलन राय र तीनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार पनि सहिद घोषित भएका छन् ।

सरकारले धनकुटाको पाख्रिबास नगरपालिका–२ का छत्रमान कुथुमी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ का ओझन बुढा, उदयपुरको चौदण्डीगढी नगरपालिका–३ का सारकुमार राई, नुवाकोटको ककनी गाउँपालिका–१ का शभराज बलामी श्रेष्ठ, पञ्चकन्या गाउँपालिका–२ का लच्छुमान राई र तादी गाउँपालिका–३ का धिरज श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका–५ देवकुमार सुवेदी, सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का प्रविण कुलुङ, चितवनको कालिका नगरपालिका–८ का निखिता गौतम, दोलखाको शैलुङ गाउँपालिका–४ का अभिषेक चौलागाईँ र विगु गाउँपालिका–३ का महेश बुढाथोकी, सिरहाको लहान नगरपालिका–१५ का विजय चौधरी तथा बैतडीको दशरथ नगरपालिका–६ का निरज पन्त र शिवनाथ गाउँपालिका–२ का दीपकसिंह साउदलाई सहिद घोषणा गरेको हो ।

त्यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–६ का अभिषेक श्रेष्ठ, धरान उपमहानगरपालिका–२२ का साजन राई र इटहरी उपमहानगरपालिका–१४ कमा मोहन सरदार, अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ का माधव सारु मगर र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट, गण्डकी गाउँपालिका–४ का अर्जुन भट्ट र पालुङटार नगरपालिका–२ का अनिश पराजुली, झापाको अर्जुनधारा नगरपालिका–११ ज्ञानिन्द्र सेढाईँ र वडा नं ८ का दिनेश राजवंशी, पाँचथरको हिलिहाङ गाउँपालिका–२ का कमल भण्डारी, कास्कीको रुपा गाउँपालिका–५ का अमृत गुरुङ र दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापालाई सहिद घोषणा गरिएको गृह मन्त्रालयले जनाएको छ । .

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १० : ३५ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई