केवाइसीमा नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो « Khabarhub

केवाइसीमा नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले केवाइसीबारे दायर रिट खारेज गरेको छ । केवाइसी भ्यान आयातमा अन्य कम्पनीलाई प्रतिबन्ध लगाउन माग गर्दै दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र वासुदेव न्यौपानेको इजलासले रिट खारेज हुने फैसला सुनाएका हुन् । रिट खारेज भएसँगै अब इलेक्ट्रिक ड्रिम्स मोबिलिटीलाई केवाइसी प्यासेन्जर भ्यानकोे आयात र विक्री गर्ने बाटो खुलेको छ ।

अदालतले यो फैसला सुनाएसँगै अब केवाइसीका २ हजवार ३ सय भन्दा बढी ग्राहकले गाडीका पार्टस् र वारेन्टी पाउने बाटो। समेत खुलेको छ । नक्कली सामान आयात गरी विक्री गरेको भन्दे केवाइसी भ्यानको उत्पादक कम्पनीले सम्झौता तोडी पार्टपूर्जा समेत दिन छाडेको थियो । अदालतको यस फैसलासँगै केवाइसी भ्यानका नेपालमा रहेका करिब २ हजार ४ सय उपभोक्ताहरूलाई राहत मिलेको छ ।

विगत केही वर्षदेखि केवाइसीको प्यासेन्जर भ्यान किनेका उपभोक्ताहरुले करिब ८ महिनादेखि गाडीका वारेन्टी र पार्टस् पाउन सकिरहेका थिइनन् । अनाधिकृत च्यानलबाट गैर–प्रामाणिक पार्टस्को आयात गरेको आरोपपछि निर्माता कम्पनी चोङछिङ चाङएन कुवायु अटोमोबाइल्सले २०२५ मा सम्झौता रद्द गरेको थियो ।

त्यसपछि नयाँ आयातकर्ता इलेक्ट्रिक ड्रिम्स मोबिलिटीलाई नयाँ आधिकारिक विक्रेताको लाइसेन्स दिएको थियो । तर उसले नयाँ आयातकर्तालाई रोक्न अदालतमा मुद्दा दायर गरी अन्तरिम आदेश हासिल गरेको थियो । साथै, नयाँ ब्रान्ड ‘नियोसिया’ भ्यानलाई पनि रोक्न अदालतको साहारा लिएको थियो । यसले गर्दा बजारमा पार्टस् र सेवा ठप्प भएर उपभोक्ता पीडित मात्रै भएका थिएनन्, लाखौँ रकम खर्च गरेर किनेको गाडी ग्यारेजमा थन्काउनुपर्ने अवस्थामा थिए ।

अब अदालतको यस निर्णयसँगै इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले केवाइसीको आधिकारिक पार्टस् र सेवा उपलब्ध गराउने र एम्बर मोटर्सले नियोसिया भ्यान बजारमा ल्याउने बाटोसमेत खुलेको छ । अदालतको यो फैसलासँगै बजारमा स्वस्थ प्रतिस्पर्धा बढाउने र उपभोक्तालाई विकल्प र विश्वसनीय सेवा प्राप्त गर्ने बाटोसमेत खुलेको छ ।

केवाइसी भ्यानको नयाँ आधिकारिक आयातकर्ता इलेक्ट्रिक ड्रिम्स मोबिलिटीले पहिले विक्री भइसकेका केवाइसी भ्यानको वारेन्टीसमेत दिने र पार्टपूर्जा समेत ल्याएर विक्री गर्ने भनी अदालतमा निवेदनसमेत दिएको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ८ : २१ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा