पत्रकार श्यामसुन्दर पुडासैनीको निधन « Khabarhub

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो।

पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको कुँवरको भनाइ छ। शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवरले बताए।

कुँवरले भने, ‘केही दिनयता उहाँ बिरामी हुनुहुन्थ्यो। तर हस्पिटलमा चेक अप, फलोअपसँगै अफिस पनि आउनेजाने गर्नुहुन्थ्यो। आज पनि नियमित ड्युटी सकेर ८ बजे अफिसबाट निस्केर एक सहकर्मीकोमा खाना खाएर १० बजेतिर कोठा पुग्नासाथ ढल्नुभएछ। छिमेकीले खबर गरेपछि लगत्तै हेल्पिङ ह्यान्ड्स हस्पिटल ल्याउँदा सास थिएन।’

पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए। पुडासैनीले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए।

पत्रकार गणेश पाण्डेले पत्रकार पुडासैनीको निधनपछि फेसबुकमा लेखेका छन्, ‘प्रेस चौतारी नेपाल एशोसिएट प्रदेश उपाध्यक्ष श्याम सुन्दर पुडासैनी भाइ, तिम्रो शरीरलाई छाम्दा तिमी जुरुक्क उठ्छौ जस्तो लाग्छ। तर, अस्पतालमा तिम्रो मृत शरीर अगाडि उभिँदा मलाई असाध्यै पीडा भएको छ। अकस्मात् यो तिमीलाई के भयो ? प्रिय भाइ तिमी उठ ! प्लीज भाइ !’

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ३४ बजे

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं– देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।