आजदेखि देशभर जलपक्षी गणना गरिँदै | Khabarhub Khabarhub

आजदेखि देशभर जलपक्षी गणना गरिँदै


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुनलागेको नेपाल पक्षीविद सङ्घका वरिष्ठ चरा विद तथा वेटल्याण्ड्स इन्टरनेशनल नेपालका लागि जलपक्षी गणना संयोजक लक्ष्मणप्रसाद पौडयालले बताए ।

उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङकलन हुनेछ ।

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।

विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका रसबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना गरिने उनको भनाइ छ ।

भारतीय महादिपमा एशियाली जलपक्षी गणनाकार्य सन् १९८७ देखि वेटल्याण्ड्स इन्टरनेशनलले सुरु गरेको हो । यो कार्य सुरुमा एशियाको अफगानिस्तान, जापान, दक्षिण एशिया र अष्ट्रेलियामा गरिएको थियो ।

सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपक्षी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र अन्य केही सिमसार क्षेत्रमा गरिएको थियो । त्यस पछि गणनाकार्य निरन्तररुपमा जारी रहेको छ ।

‘जलपंछी गणनाकार्यले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ’ संयोजक पौडयाले भने, ‘यस गणनामुख्य उद्देश्य पानीमा आश्रित बसाइसराई गर्ने, पानीमा र त्यसको वरिपरि बस्ने चराको सङ्ख्या र वितरणको बारेमा जानकारी सङ्कलन गर्नु रहेको छ ।’

यस कार्यबाट सिमसार क्षेत्रको अवस्था, जलपक्षीको प्रजनन्को अवस्था र जलवायू परिवर्तनको अवस्था बारे जानकारी पाउन सकिने उनले बताए ।

जलपक्षी गणना सिमसारको स्वास्थ्य मूल्याङ्कन, जलवायु परिवर्तनको अवस्था बुझन, सिमसार संरक्षण योजना बनाउन र जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको उनको भनाइ छ ।

यसले रामसार महासन्धी, प्रवासी प्रजातीसम्बन्धी महासन्धी, जैविक विविधताको महत्वपूर्ण पक्षी क्षेत्र कार्यक्रम, आइसियुएन रेड लिष्ट कार्यक्रम र वेटल्याण्ड्स इन्टरनेशनलको जलपक्षी सङ्ख्या अनुमान कार्यक्रमजस्ता विभिन्न अन्तर्राष्ट्रिय सन्धि तथा अभियानको कार्यान्वयनमा पनि सहयोग पुग्ने उनको बुझाइ रहेको छ ।

गत वर्ष सन् २०२४ मा गरिएको जलपक्षी गणनामा देशभरका १८ प्रमुख सिमसार क्षेत्र अन्तर्गत ८४ वटा साना क्षेत्रमा चार सय दुई जना स्वयंसेवकले ७९ प्रजातीका ६३ हजार नौ सय जलपक्षी रेकर्ड गरेका थिए ।

यीमध्ये छ वटा रामसारमा सूचिकृत सिमसार क्षेत्र पनि थिए । वरिष्ठ पक्षीविद पौडयालका अनुसार यस वर्षको गणनाप्रारम्भीक नतिजा आगामी २ फ्रेवुअरी २०२५ मा विश्व सिमसार दिवसको अबसरमा सार्वजनिक गरिने छ ।

विस्तृत प्रतिवेदन भने आगामी वैशाख १ गते देखि ७ गतेसम्म मनाइने बन्यजन्तु सप्ताहका अवसरमा सार्वजनिक गरिने छ । गत विगत वर्षको तथ्याङ्कको तुलनात्मक अध्ययनबाट जलपक्षीको सङ्ख्या, विवरण र सिमसारको अवस्थाबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

स्थानीयरुपमा जलपक्षी गणनाकार्य गर्नका लागि स्वयंसेवकको रुपमा देशभर २४ जनालाई साईट–कोअर्डिनेटरका रुपमा खटाइएको छ ।

उत्तरी धुव्र रुस, चिन, मङ्गोलियालगायतका अत्यधिक चिसो हुने क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनूकुल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा नेपालका विभिन्न ताल, तलैया, नदी र वनजङगल क्षेत्रमा आउने गर्दछन् ।

उत्तरी धु्रवमा हिउँ परेर तापक्रम निकै चिसो हुने भएकाले चरा बाँच्नका लागि अनुकूल तापक्रमको खोजिमा नेपालमा आउने गर्दछन् ।

यहाँका ताल तलैया, नदीमा माछा, किराफटयाङ्ग्राजस्ता खानेकुरा प्रचुर मात्रामा पाइने र विभिन्न संरक्षित क्षेत्रमा शिकारीबाट बच्नेकार्य सँगै सुरक्षित बासस्थान उपलव्ध हुने भएकाले चराका लागि अनुकूल वातावरण रहने गर्दछ ।

नेपालमा हिउँदमा बसाइँसराई गरी आउने जलपछीमा हाँसका विभिन्न प्रजाती, जलेवा, गङ्गाचीललगायत रहने गर्दछन ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ७ : ११ बजे

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी

पशुपतिनाथमा धनुर्मास पूजाको तयारी पूरा

काठमाडौं – सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

शीतलहर प्रभावितलाई एकद्वार प्रणालीमार्फत कम्बल वितरण गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जाडोयाममा शीतलहरबाट प्रभावित हुने

चिसो बढेपछि विद्यालय बन्द

रौतहट – केही दिनदेखि हुस्सु र चिसो सिरेटोसँगै बढेको जाडोका

सोलुखुम्बुमा भूकम्पले एक सरकारीसहित आठ घरमा क्षति

सोलुखुम्बु – आज बिहान आएको भूकम्पले सोलुखुम्बुमा एक सरकारीसहित आठ