तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता « Khabarhub

तिलोत्तमा उद्योग वाणिज्य सङ्घ र भलाइ कोषबीच सम्झौता


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – दुर्घटना न्यूनीकरणका लागि सङ्घसंस्थासँग सहकार्य अभियान सञ्चालन गरिरहेको यातायात मजदुर तथा व्यवसायी भलाइ कोष बुटवलले तिलोत्तमा उद्योग वाणिज्यसँग सम्झौता गरेको छ ।

सङ्घमा आबद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारीसाधनहरू भलाइ कोषमा आबद्ध गराउने र दुर्घटना न्यूनीकरण अभियानमा सहकार्य गर्ने उद्देश्यले वाणिज्य सङ्घ र भलाइ कोष बुटवलबीच द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन् । सङ्घले आफ्ना व्यवसायीका सवारीसाधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको भलाइ कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए । सम्झौतामा निजी तथा भाडामा चल्ने सवारीसाधनका अतिरिक्त सङ्घमा आबद्ध व्यवसायीका मोटरसाइकल तथा स्कुटरहरू समेत कोषमा नियमानुसार शुल्क बुझाइ आबद्ध गराइने उनले बताए।

कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई रु दुई सय छुट प्रदान गर्नेगरी सम्झौता भएको तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्र कार्कीले उल्लेख गरे। उनका अनुसार सवारीसाधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जीव क्षतिको सम्पूर्ण लगानी कोषले बेहोर्नेछ । आफ्नो सवारीसाधनको व्यापक बिमा भएको अवस्थामा दुर्घटनाका कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत बेहोर्ने सम्झौतामा उल्लेख छ । 

त्यस्तै, दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाइ कोषले बेहोर्नेछ । मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुईजनासम्मको उपचार खर्च रकम रु १५ लाखसम्म कोषले लगानी गर्ने सम्झौता भएको सङ्घका अध्यक्ष जानकारी दिए । 

दुवै पक्षबीच सम्झौता आदानप्रदान कार्यक्रममा कोषका तर्फबाट अध्यक्ष फुल्लेलका साथै उपाध्यक्ष छविलाल थापा, सचिव विजेश न्यौपाने, कोषाध्यक्ष प्रकाशकुमार नेपाल, कार्यालय प्रमुख ठानेश्वर बस्याल, वरिष्ठ लेखा अधिकृत ऋषिराम अर्याल र मणिग्राम शाखा प्रमुख पुरुषोत्तम भण्डारी सहभागी थिए भने सङ्घका तर्फबाट अध्यक्ष कार्की, पूर्वअध्यक्ष गुणनिधि भण्डारी, वरिष्ठ उपाध्यक्ष सुरज पङ्गेनी, महासचिव राजकुमार पाण्डे, कोषाध्यक्ष टिकाराम भण्डारी, सदस्यहरू नरेशबहादुर क्षेत्री र गङ्गाराम पाण्डेको सहभागिता थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ६ : ४० बजे

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी